१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवरुद्ध रसुवागढी राजमार्ग खुल्यो

फाइल फोटो

रसुवा – पहिराेका कारण आइतबारदेखि अवरूद्ध स्याफ्रु–रसुवागढी खण्ड राजमार्ग आजदेखि खुलेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार ठाडो पाखोबाट झरेको पहिराेका कारण यहि भदौ १५ गते बिहानैबाट बन्द स्याफ्रुबेशीदेखि उत्तर गोसाँइकुण्ड गाउँपालिका–३ स्थित बृद्विम इलाका क्षेत्रको राजमार्ग अवरूद्व भएपछि रसुवागढी तथा लाङटाङ खोला भोटेकोशी हाईड्रोपावर, गाउँपालिका र सडक विभागको स्काभेटरको सहायताले राजर्माग संञ्चालन गरेको हो।

राजमार्गको तीन स्थानमा गएका ठूलो पहिराे पन्छाउने कार्य सम्पन्न भई भन्सार जाँचबाट  छुटेका र केरूङतर्फ जान रोकिएका सबै ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ हिडेको प्रजिअ भण्डारीले जानकारी दिए। जिल्लाका सबै भूभागका राजमार्ग सञ्चालन भइरहेका र भारि वर्षा हुदा वा रातको समयमा अबेरसम्म सवारीसाधन नचलाउन र राजमार्ग भूभागमा बढी भीरपाखा भएका कारण दिनको समयमा पनि होशियार भएर सवारी चलाउन प्रजिअ भण्डारीले आग्रह गरेको छ। रासस

 

प्रकाशित: १६ भाद्र २०७६ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App