पुल नहुँदा समस्या

सोमबार, १६ भदौ २०७६, १५ : ३० नागरिक

कैलाली - कैलालीको घोडाघोडी  नगरपालिकाका विभिन्न वडाका बासिन्दालाई कान्द्रा नदीमा पुल नहुँदा समस्या भएको छ । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र सुत्केरीलाई आवत–जावत गर्न कठिन भएको हो ।

उक्त  नदीमा पुल नहुँदा वर्षात्को समयमा स्वास्थ्य सेवा लिन, दैनिक उपभोग्य सामान खरीददेखि लिएर नगरपालिका तथा प्रशासन कार्यालय आउनसमेत समस्या  हुने गरेको घोडाघोडी नगरपालिका–१२ का श्याम चौधरी बताउँछन्।

घोडाघोडी–१२ का हरिराम थारू भन्छन्, “आधारभूत भौतिक पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिएर काम गर्नुपर्छ । कम्तीमा नगरपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण गर्नुपर्छ । पानी परेका बेला हामी नगरपालिकाको केन्द्रमै पुग्न पाउँदैनौँ, कहिलेकाहीँ वर्षात्को बेला बिरामी परे धेरै समस्या हुने गरेको छ ।”

त्यस्तै नगरपालिकाको वडा नं ९ सिखरझालाबाट थेवै हुँदै पहलमानपुर बजार जोड्ने उक्त नदीमा पुल नहुँदा सिखरझाला, गोदनी, विष्टटोललगायतका बासिन्दालाई समस्या हुने गरेको छ । 

सिखरझालाको मुख्यबजार पहलमानपुर जाँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको सिखरझालाका धन रावत बताउँछन्। । उनी भन्छन, “हाम्रो मुख्यबजार पहलमानपुर हो तर बर्सातमा हामीलाई आवतजावत गर्न निकै कठिन छ । खोलामा बाढी आएको दिन तर्न सकिँदैन । पुल नभएका कारण मुख्य काम पनि छुट्ने गरेका छन् ।”

उक्त नदीमा पुल नहुँदा वर्षातमा विद्यार्थीलाई पनि विद्यालय तथा क्याम्पसमा पुग्न कठिन  भइरहेको छ । क्याम्पस पढ्ने विद्यार्थी जोखिम मोलेर खोला तर्ने गरे पनि स–साना बालबालिकालाई भने निकै समस्या हुने गरेको कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्र बताउँछन्। स्वास्थ्य सेवा लिनलाई पनि स्थानीयवासीले वर्खाको बेला सास्ती खेप्दै आएका छन् ।

हिउँदको समयमा जोखिम कम हुने भए पनि बर्खाको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ । पुलका लागि स्थानीयवासीले बारम्बार माग गर्दै आए पनि हालसम्म पनि कसैले यसतर्फ ध्यान नदिएकाले वर्षाको समयमा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता यथावत रहेको उनको भनाइ छ ।






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad