१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बच्चाको जन्मदर्ता गराउन वर्थिङ सेन्टरमा प्रसुति गराउनु पर्ने

भोजपुर - टेम्के मैयुङ गाउँपालिका ९, लेखर्कले बच्चाको जन्द दर्ता गराउन वर्थिङ सेन्टरमा नै बच्चा जन्माउन अभियान थालेको छ। आमा र बच्चाको सुुरक्षा र शुरक्षित प्रसुतीका लागि वडाले यो अभियान सञ्चालन गरेको हो।

वर्थिङ सेन्टरमा बच्चा पाउने बच्चाको जन्मदर्ता लाई सहज बनाइएको हो। अन्य कुनै कागजात नपेसि सेन्टरले दिएको जन्म प्रमाण पत्रको आधारमा नै जन्म दर्ताको प्रमाणपत्र दिने गरिएको हो। ‘बैशाख दोश्रो हप्ता श्रीमतीलाई वर्थिङ सेन्टरमा प्रसुति गराएका स्थानिय नवराज राईले वर्थिङ सेन्टरले दिएको जन्म प्रमाणपत्रले सहजै जन्मदर्ता बनाउन काम दिएको बताए। अनेक कागजात मिलाउनुपर्ने झण्झट नै भएन।

ग्रामिण भेगका महिलाहरुलाई वर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामै सुरक्षित प्रसुति गराउन अभिप्रायले टेम्के मैयुङ गाउँपालिकाको वडा नं ९ लेखर्कले बथिङ सेन्टरमा प्रसुति नगराए जन्मदर्ता नपाउने नयाँ नियम लागू गरेको छ। वडाले भदौ पहिलो हप्ताबाट लागू हुनेगरि बच्चाको जन्मदर्ता बनाउन गर्भवती महिलालाई वर्थिङ सेन्टर वा नजिकैको स्वास्थ्य संस्थामा अनिवार्य प्रसुति गराउनेपर्ने नियम लागू गरेको हो।

घरेलु प्रसुति विधिको पुरातन परम्परालाई विस्थापित गर्दै प्रसुति विधिलाई सुरक्षित तरिकाबाट आमा र बच्चाको स्वास्थ्यको जोखिम कम गर्न यो नियम लागू गरिएको वडा अध्यक्ष गणेश कुमार राईले बताए। वडाले ग्रामिण महिलालाई प्रसूति गराउन अनिवार्य रुपमा स्वास्थ्य संस्थामा जाने वातावरण मिलाउने उद्देश्यले यो नियम लागू गरिएको छ। भने, ‘यहाँका ग्रामिण महिलाहरु गर्भवतीका समयमा चेकअप नगराउने, खोपसुई लगाउन नमान्ने रुढीवादी परम्परालाई रोक्नका लागि पनि यो नियम ल्याएका हौँ।’

वर्थिङ सेन्टरमा प्रसूति नगरे बच्चाको जन्मदर्ता नहुने भएपछि अहिले महिलाहरु धमाधम नियमित चेकअप र प्रसुति गराउन थालेका छन्। विगत ५ महिनाको अन्तरालमा सेन्टरमा १४ जना महिलाले वडाले ल्याएको नयाँ नियमले सर्वसाधारणलाई प्रशासनिक चक्कर र कागजात पेश गर्नुपने बोझ हटेको अर्का स्थानीय रामप्रकाश राई बताउँछन्। यसका साथै उनले ग्रामिणस्तरका सर्वसाधरण बच्चा जन्मेपछि आवश्यक परेको जुनसुकै समयमा जन्मदर्ता बनाउन आउने झण्झटिलो परिस्थितीलाई सुलभ बनाउन सहयोग पु¥याएको बताए।

सरकारले दिने सुत्केरी स्याहारबापतको १ हजार रुपैँयासंगै दिने पूर्ण खोप कार्डका साथ वडाले जन्म प्रमाणपत्र प्रदान गर्ने नयाँ नियम ल्याएको यो पहिलोपटक हो। यसअघि यहाँका ग्रामिण महिलाहरु प्रसुति गराउन छिमेकी वडा कोट या गोगने अथवा विकल्पमा ३ घण्टा मोटर दुरीको सदरमुकाम, ठुला शहर लैजानुपर्ने बाध्यता थियो। आफ्नै वडामा वर्थिङ सेन्टर सञ्चालन आएपछि गर्भवती महिलाहरुले घरमै वा यी झण्झट झेलेर बाहिर जानुपर्ने बाध्यता पनि टरेको स्थानीय सविना राईले बताईन्। उनले विगतमा प्रसुति गराउन मंहगो खर्चेर कष्टकर यात्राबाट सदरमुकाम या ठुला सुविधासम्पन्न शहर लैजानुपर्ने स्थितीबाट छुट्कारा पाएको सुनाइन्।  

वान हर्ट वल्र्ड वाइड संस्था र वडा कार्यालयको संयुक्त पहलमा ०७५ साल जेठमै वर्थिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको थियो। सेन्टर सञ्चालनका लागि आर्थिक वर्ष ०७५/७६ को योजनाबाट वनहर्टले दुई लाख ५० हजार रुपैयाँ बराबरको उपकरण र सामग्री र वडा कार्यालयले ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। हाल जिल्लाभर जिल्ला अस्पताल भोजपुर लगायत नौ वटै स्थानिय तहमा जम्मा ३० वटा वर्थिङ्ग सेन्टर स्थानिय स्वास्थ्य चौकीको सञ्चालनमा रहेको छ। अन्य नयाँ सेन्टर खोलिने क्रममा रहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
 

प्रकाशित: १६ भाद्र २०७६ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App