१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खेलकुदमा मिलेमतो गर्नेलाई कारवाही गर्ने तयारी हुदैँ

फाइल फाेटाे।

काठमाडाैँ-सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ। मिलेमतो भएको प्रमाणित भएमा उक्त व्यक्तीलाई तीनवर्ष कैद र ३० हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले ल्याएको “खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सो प्रावधान राखिएको छ। प्रतिनिधिसभा, शिक्षा  तथा स्वास्थ्य समितिमा हाल उक्त विधेयक छलफलको क्रममा  छ। विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेको छ।

नेपाल भित्र, नेपालको प्रतिनिधित्व गरी विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसँग सम्वद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धा गर्दा  आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन भने कुरा उक्त विधेयकमा उल्लेख छ।

मिलोमतोका लागि उक्साउने वा मद्दत  गर्ने व्यक्तिलाई समेत कारवाहीको दायरामा ल्याउन सकिने  विधेयकमा व्यवस्था गरेको छ। हाल सो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा आइपुगेको छ।विधेयकको प्रावधानमा सांसद विमला विश्वकर्मा र  आशाकुमारी विकले संशोधन प्रस्ताव प्रस्तुत गर्दै खेलमा मिलेमतो गर्नेलाई ५ लाखसम्म जरीवाना र  हदैसम्मको कारवाही गर्नुपर्ने प्रावधान राख्नुपर्ने माग गर्नुभएको छ।

सांसद विमला विश्वकर्माले भने खेलाडी उत्पादन गर्न राज्यको लगानी धेरै हुन्छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितमा भाग लिने खेलाडीले मिलेमतो गर्न पाइन्न। ”विधेयकमाथि संशोधन राख्नुहुने सांसद दीव्यमणि राजभण्डारी नेपालको खेलप्रतिष्ठालाई उँचो बनाउन राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने, खेलकुद परिषद्को विकल्पमा प्राधिकरण र सदस्यसचिवको सट्टामा कार्यकारी निर्देशकको प्रावधान राख्न आवश्यक रहेको औल्याउनु भएको छ।

संशोधनकर्ता सांसद् जीवनराम श्रेष्ठ खेलकुद परिषद्को काममा व्यापक सुधार गरी खेलकुदको पुनसंरचना गर्नुपर्ने आवश्यकता औल्याउनु भएको हो।विधेयकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका खेल संघ गठन गर्न सक्ने रहे पनि  एक खेलका लागि एक भन्दा बढी संघ गठन गर्न नसकिने , एउटै व्यक्ति लगातार दुई कार्यकाल भन्दा वढी अवधिका लागि खेल संघको अध्यक्ष, महासचिव वा सचिव पदमा निर्वाचित वा मनोनित हुन नसक्ने, खेलकुद परिषद्का बहालवाला कर्मचारी , प्रशिक्षक पनि खेलसंघमा आवद्ध हुन नपाइने जस्ता प्रावधान पनि विधेयकमा छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App