प्रधानमन्त्री अध्यक्षतामा सङ्घीयता कार्यान्वयन निर्देशक समिति गठन

शुक्रबार, २६ चैत २०७२, १२ : २५ नागरिक

काठमाडौँ-मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको उक्त समितिमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा रहनेछन्। सदस्य सचिवमा मुख्य सचिव डा सोमलाल सुवेदी रहने छन् ।

त्यस्तै, मुख्य सचिव संयोजक रहेको नौ सदस्यीय सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समिति पनि गठन गरिएको छ ।

समितिमा अर्थ, गृह, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरु र प्रधानमन्त्री कार्यालयका सचिव हुनुहुन्छ भने सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सहसचिव रहनेछन् ।

मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि युरोपेली सङ्घले नेपाल सरकारलाई उपलब्ध गराउने करिब रु १२ अर्ब ५५ करोड वित्तीय सहायतामध्येबाट रु ६५ करोड प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिए ।

बैठकमा प्रत्येक गाविसमा एक कृषि र एक पशु प्रविधिज्ञ राख्ने निर्णय पनि भएको छ । कृषि र पशु प्रविधिज्ञ ५००-५०० जना प्रतिस्पर्धाबाट करारमा नियुक्त गरिने बताइएको छ ।

बैठकले 'अनलाइन समाचार सञ्चालन निर्देशिका–२०७२' लाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।

खासगरी, अनलाइन सञ्चारमाध्यमहरुको दर्ता, नवीकरण, सञ्चालन, अनुगमन, प्रबद्र्धन र व्यवस्थित गर्न बनेको निर्देशिकालाई सम्बन्धित समितिमा पठाउने निर्णय भएको मन्त्री राईले जानकारी दिए । रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad