१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति देउवाद्वारा तीजको शुभकामना

फाइल फाेटाे।

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताए छ।

अनेक विमतिका बीचमा पनि हाम्रो समाजमा सौहाद्रता र एकतालाई मजबुत तुल्याउन यस्ता पर्वहरुले योगदान पु¥याउँदै आएको सभापति देउवाले जनाएको छ।

तीजमा महिलाहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यस पर्वको विशेष महत्व रहेको उल्लेख गर्दै उनले तीजले हाम्रो समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App