१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

इमेजले सार्वजनिक गर्‍यो अवार्डको मनोनयन

काठमाडौं  – इमेज अवार्ड २१ औं संस्करणको मनोनयन सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा इमेज अवार्डअन्तर्गत विभिन्न विधाको मनोनयनमा परेका स्रष्टालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

गीत, संगीत, रचना, म्युजिक भिडियो, पब्लिक च्वाइस अवार्डलगायत २२ विधामा मनोनयन सार्वजनिक गरिएको थियो । विसं. २०७५ को असार १ देखि २०७६ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत, चलचित्र र म्युजिक भिडियोलाई मनोनयनमा समावेश गरिएको थियो । कार्यक्रमको आयोजना ईमेज च्यानलले गरेको थियो । अवार्डको आयोजना आगामी असोज ४ मा हुँदैछ ।

यस वर्ष गीत संगीत क्षेत्रमा योगदान पु¥याएबापत गायक ओमविक्रम बिष्टलाई इमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्न लागिएको जानकारी कार्यक्रममा गराइएको थियो । यसपटक ‘तिमीनै मेरो..’ बोलको गीत तीन विधामा मनोनयनमा परेको छ । शिव परियारको स्वरमा रहेको यो गीत ‘सर्वोत्कृष्ट संगीत’, सर्वोत्कृष्ट पप गायन (पुरुष) र सर्वोत्कृष्ट म्युजिक भिडियो छाँयाकार गरी ३ विधामा मनोनयनमा परेको हो । पब्लिक च्वाइस अवार्डका लागि एसमएस भोटिङ खुल्ला गरिएको छ ।

लोक, आधुनिक, दोहोरीदेखि पप संगीतसम्म समेटिएको यो अवार्डको आइतबार हरेक विधामा छानिएका उत्कृष्ट पाँचको नामावली सार्वजनिक गरिएको जानकारी इमेज च्यालनका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरके मानन्धरले बताए । अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट हुने

प्रकाशित: १६ भाद्र २०७६ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App