१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अवैध मालसमानसहित तीनजना पक्राउ

सीमावर्ती नाकाबाट भन्सार छलेर भित्रिएको अवैध माल सामान।तस्बिर : नागरिक

रौतहट – सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा तस्करीको मालसमान नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध मालसमानसहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको छ।   

भारतसँग जोडिएको रौतहटको विभिन्न नाकाबाट राजस्व छलेर अवैध रुपमा भित्र्याइएका किराना सामान, मरिच, लत्ताकपडा र केराउको दानालगायत करिब साढे २३ लाख मूल्यबराबरको अवैध मालसामानसहित तीन कारोबारीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाएको छ।    

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार इशनाथ नगरपालिकाको औरैया, बन्जरहा, मठिया, रामपुर खापलगायत नाकाबाट भिœयाइएका किराना सामान, लत्ताकपडा र केराउ भिœयाउँदै गरेको सूचनाका आधारमा शनिबार जिल्लाका विभिन्न स्थानबाट करिब साढे २३ लाख मूल्यबराबरको मालसामान र एक भारतीयसहित तीन तस्कर नियन्त्रणमा लिन सफल भएको हो।

दसैंतिहार नजिकिँदै जाँदा ग्रामीण क्षेत्रका नाकाबाट अवैध कारोबारीले भन्सार छलेर चोरी निकासी, पैठारी कार्य गर्न हौसिएपछि प्रहरीले पनि सक्रियता बढाएको छ। प्रहरीले अभियान नै सञ्चालन गरेपछि धमाधम तस्कर मालसामानसहित पक्राउ परिरहेको प्रहरीले जनाएको छ। 

ईशनथ नगरपालिका–६ मठियास्थित नेपाल–भारत सीमाक्षेत्रको दशगजा भएर ‘अन टेस्ट’ नम्बरको पिकअप बोलेरो जिपमा कालो मरिच १० बोरा, हरियो मटर ४७ बोरा, छाहडा तीन बोरालगायत मालसामान ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले तस्करीका लागि मोटरसाइकलबाट स्कटिङ गर्ने बिआर५एपी ४३३६ नम्बरको मोटरसाइकलसहित तस्करीमा संलग्न ईशनाथ नपा–७ का विरेन्द्र साह, भारत बिहार जिल्ला मोतिहारी ग्रामपञ्चायत शिसवाका भागिरत साह र वीरगन्ज महानगरपालिका–१४ का आदित्य नारायण साहलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।   

बरामद गरिएका मालसामान, बोलेरो पिकअप, मोटरसाइकलसहितको साढे २३ लाख मूल्यांकन गरेर पक्राउ परेका तीनैजना तस्करलाई गौर भन्सार कार्यालयमा कारबाहीका लागि बुझाइएको तथा दसैंतिहारका लागि भन्सार छलेर अवैध रुपमा भित्र्याउने तस्करमाथि प्रहरीले निगरानी बढाउँदै मालसामान बरामद गरिरहेको प्रहरी प्रमुख खत्रीले बताए।

प्रकाशित: १६ भाद्र २०७६ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App