१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

शुल्क विवाद विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश

काठमाडौँ – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ। समितिको विसं २०७५ चैत २६ गतेको बैठकद्वारा समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, मनकुमारी जिसी, सन्तकुमार थारू र योगेशकुमार भट्टराई रहेका थिए।

समितिका सभापति जयपुरी घर्तीलाई उपसमितिका संयोजक राईले आज प्रतिवेदन हस्तान्तरण गरेको छ। बिभिन्न ६ परिच्छेद रहेको सो प्रतिवेदनले सुझाव दिएको हो।उपसमितिका संयोजक राईले प्रतिवेदन हस्तान्तरण गर्दै उपसमितिले विभिन्न २२ वटा मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय, काठमाडांँ विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत सम्बद्ध संस्थाका प्रमुखसित छलफल गरेको जानकारी दिए।सभापति घर्तीले मेडिकल कलेजहरुको शुल्क विवाद अन्त गर्न प्रतिवेदन महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको हो।रासस

प्रकाशित: १५ भाद्र २०७६ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App