१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अछाममा बदेलको आतंक : भोकमरीको चिन्ता

अछाम – जंगली जनावर बदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछी किसान चिन्तित बनेका छन्। मकै, धान, कोदो जस्ता बर्खे बाली उम्रिने बेला देखी नै बँदेलले खाएर नष्ट गर्न थालेपछि भोकमरी हुने भन्दै चिन्तितमा कृषक छन्। बँदेलबाट बाली जोगाउने चुनौती कुनै निश्चित एक गाउँ किसानलाई मात्र नभएर जिल्लाका अधिकांश किसानलाई यो चुनौति छ।‘दुई चार दिन पहिले नै धान काट्यो भने केहि कम क्षति हुन्छ कि भनेर राम्रोसँग नपाकेकै धान पनि काट्न थालेकोै’ साफेवगर नगरपालिका ४ मष्टामाण्डौका किसान दल वोगटीले भने–‘रातको समयमा बथानको बथान आउने बँदेलले धानमा धेरै क्षति पु¥याउने गरेको छ।’आफूले मात्र नभएर गाउँका प्राय सबैले बँदेलको चिन्ताले हप्ता १० दिन पछि काट्न हुने धान पहिले नै काट्न थालेको उनले सुनाए।

उच्च भेगमा बढी फल्ने मकै पसान थाले देखिनै बीच खेतमा पाल टाँगेर रातभर बँदेल धपाउन जाग्राम बसे पनि बाली जोगाउन नसकेको किसानको गुनासो छ। मेल्लेख गाउँपालिका ७ नन्देगडाका दिपवहादुर बुढाले भने,‘बुडावाडा गाउँमा प्राय सबैले मुुम्फली खेती गर्ने गरेको छ। उक्त खेतिबालि यसपाली बदेलले पाक्न नपाउदै सबै नष्ट पारेको सुनाए। ऋनले भने अहिले गाउँ नै चिन्तित बनेको छ।\

मुम्फली विक्री गरेर मात्र गाउँका एक परीवारले बम्तीमा ७० हजार सम्म कमाई गर्ने गरेको बुढाले जानकारी दिए। मुम्फली बारीमा पाल टागेर रातभर जाग्राम बसेर होहल्ला गर्दा पनी बदेलवाट मुम्फली जोगाउन नसकेको सोही ठाउँका रनी बुढाले वताए। ‘घरखर्च चलाउने आधार नै मुम्फली हो, यसपली सबै बदेलले नष्ट गरिदियो।’ कसरी बालबच्चा पाल्ने भन्ने चिन्ता लाग्न थालेको उनले भने।

अछामका गाउँका अधिकांश खेत बारीको बीच भागमा पाल टागेर रातभर होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने पाल टाँगेर नबस्ने खेतबारीमा फाटो लुगा कपडा टाँगिएको छ। ५–६ बर्ष देखि बँदेलको बिगबिगी बढेको घुघरकोटका एकेन्द्र महताले बताए। जंगलसँगै जोडिएको आफ्नो खेतमा त बँदेलले आधाजसो धान खाएर नष्ट गरेको उनले सुनाए । बँदेलले पुरै बाली सखाप गरिदिए पछि बन जंगल नजिकका जग्गामा त कतिपयले खेती लगाउनै छोेडेको उनले जानकारी दिए।केहि बर्ष पहिले लेकाली भेगमा मात्र बँदेलले बालीमा क्षति पु-याउँदै आएकोमा पछिल्लो सयम बेसि तिर पनि क्षति पु-याउन थालेको छ ।

एकातर्फ जमिनमा खेती नगरेर बाँझो राख्ने प्रचलन बढ्नु तथा अर्कोतर्फ गाई भैँसी पाल्ने क्रम विस्तारै घट्नुले बन जंगलको क्षेत्र बढ्दै जाँदा बँदेल लगायतका जंगली जनावरको बिगबिगी बढ्न थालेको स्थानीयको भनाइ छ। पहिले त प्रत्येक घरमा गाई भैँसी, गोरु बाख्रा टन्न हुन्थ्ये टाढा टाढाको जंगलसम्म चराउन लगिन्थ्यो,अहिले त पशुचौपाया पाल्नेक्रम निकै घटेपछि घर वरिपरी नै जंगल जस्तै देखिन थालेपछि जंगली जनावरको संख्या बढ्न थाल्यो’नन्देगडाका तिलक साउदँले भने–‘राती मात्र होईन बँदेलले त दिउसै पनि बाली खाएको देखिन्छ।’

केहि वर्ष पहिले घरमा भएको भरुवा बन्दुकले केहिले काही शिकार खेल्दा बँदेलको बिगबिगी कम हुने गरेकोमा प्रहरी प्रशासनले सबै बन्दुक बुझाउन भने पछि गाउँमा शिकार खेल्न नपाउँदा पनि जंगली जनावरको संख्या अत्यधिक बृद्धि भएको नन्देगडाककै हरिपाले साँउदको बुझाइ छ। बँदेलको बिगबिगी बढेपछि केहि गाउँका किसानले बाली जोगाई दिन भनि प्रमुख जिल्ला अधिकारीलाई निवेदन समेत दिने गरेको छ।

गत वर्ष घुघुरकोटका किसानहरुले बँदेलबाट धान खेती जोगाइदिन माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएको थिए। ‘हाम्रो गाउँमा त बँदेलले पाक्न थालेको धान यस वर्ष पनि सखापै पा¥यो’घुघुरकोटका किसानहरुको समुह जिल्ला प्रशासन कार्यालय अछाममा पुगेर सिडियोलाई ज्ञापन बुझाएको थिए। जिल्ला प्रशासनले किसानको निवेदनमा तोक लगाउँदै जिल्ला कृषि बिकास कार्यालयलाई कुनै उपाय भए अपनाउन र किसानको गुनासो सम्बोधन गर्न निर्देशन दिनुवोहक अन्य कुनै काम गर्न नसकेको उनीहरुले गुनासो छ।

जंगली जनावर बँदेलले बर्खेबाली मात्र नभएर हिउँदे बाली तथा तरकारी बाली खाएर किसानलाई हैरान तुल्याउने गरेको छ। पाक्नै थालेको मकै, धान, कोदो, गहुँ जस्ता बाली बँदेलले सकेजती खाने र नसकेको नष्ट गर्न थालेपछि किसान हैरान बनेका हुन्। बँदेलले बाली खाएर हैरान तुल्याएपछि पीडित किसान प्रशासनलाई गुहारे पनि प्रशासनले जंगली जनावर नियन्त्रणको लागि खासै ठोस पहल नगरेको उनीहरुको आरोप छ। जंगली जनावर बँदेलले उच्च पहाडी भेग देखी समथर फाटहरुसम्म लगाएका बालीनालीलाई नोक्सान गर्न थालेको छ।

सरकारले जंगली जनावर मार्न नपाउने व्यवस्था गरेको भए पनि जंगली जनावरले अन्न बालीलगायत मानिस र घरपालुवा जनावरमा क्षति पु¥याए सरकारले क्षतिपुर्ति तिर्नुपर्ने व्यवस्था गर्नुपर्ने किसानले आवाज उठाउन थालेको छ। ‘कि त सरकारले जंगली जनावर मार्न पाउने व्यवस्था गर्नुप¥यो हैन भने त्यसबाट हुने सबै क्षतिको क्षतिपुर्ती राज्यले किसानलाई तिर्ने व्यवस्था गर्नुप¥यो।’मेल्लेख ७ नन्देगडाका किसान हरिपाले साउँदले भने–‘बँदेल, भालु, दुम्सि, बाँदर जस्ता जंगली जनावरले हिँउद र बर्खा दुबै याममा तरकारी बाली र अन्नबाली खाएर नष्ट गर्ने हामी भने हेरेरै बस्नु पर्ने बाध्यता रहेको छ।’

प्रकाशित: १५ भाद्र २०७६ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App