१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डोजरको काम श्रमिकको नाम

बाजुरा - त्रिवेणी नगरपालिकामा काम डोजरमार्फत गरिए पनि श्रमिकको नाममा हाजिरी देखाएर भुक्तानी गरेको खुलासा भउको छ।  महालेखा परीक्षकको प्रतिवेदनले डोजर प्रयोग गरि मान्छेको नाममा ज्याला रकम भुक्तानी भएको तथ्य सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७४।०७५ मा त्रिवेणी नगरपालिका ३ पुर्भूता सडक निर्माणका लागि २२ लाख २६ हजार ५ सय १० रुपैया विनियोजन गरिएको थियो।  सडक निर्माणका लागि उपभोक्ता समितिमार्फत निर्माणको काम डोजर लगाएर गर्ने सम्झौता गरिए पनि भुक्तानी भने दैनिक श्रमिक ज्याला दिएको कागजमार्फत गरिएको पाइएको हो।

सम्झौता र भुक्तानी प्रक्रिया नै फरक देखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले अनियमित देखाएको छ।  सम्झौता गरिएको २२ लाख २६ हजार ५ सय १० रुपैया मध्ये डोजरमार्फत ६ लाख ६ सय ६६ रुपैयाको मात्र काम भएको र बाँकी १६ लाख २० हजार ८ सय ४३ रुपैया असुली गर्नु पर्ने देखाएको छ।

डिजाईन, स्टमेट डोजरका लागि गरिएको र कामको मूल्याकंनपनि प्रतिवेदनमा डोजरकै गरिएको भएपनि भुक्तानी पक्रियाका लागि मात्र मान्छेको दैनिक ज्याला देखाएर गरिएको महालेखा परिक्षकको कार्यालयले बताएको छ।  ६ लाखको काम गरेर २२ लाख भुक्तानी लिनु खुलेआमा भ्रष्टाचार भएको स्थानीय चेतन अयडीले बताएका छन्।  

नगरपालिका संस्थागत भष्टाचारमा लागेको आरोप विद्यार्थी नेता समेत रहेका ऐडीको छ।  महालेखाले कामको मूल्याकंन बाहेकको रकम नगरपालिकालाई नै फिर्ता गर्न भने पनि उपभोक्ता समिति र डोजर मालिकले वास्ता गरेका छैनन्।  जनताको विकासका लागि आएको बजेटमाथि जनतालाई नै भेडा बनाएर भुक्तानी लिनु नैतिक बेइमानी र गैर कानुनी भएको आरोप स्थानीयको छ। 

त्यसोत सोही योजना तथा बजेट नगरसभाबाट पारित वा समर्थन नभएको र केही जनप्रतिनिधी बीचको आपसी मिलोमताको उक्त कार्य गरिएको श्रोतको दाबी छ।  नगरपालिकाले ५ लाख ७१ हजार ४ सय २८ रुपैया मात्र व्यवस्था गरेको थियो।  पछि थप ११ लाख ५५ हजार वडा कार्यालय र अपुग देखाएर अन्तिममा नगरपालिकाले थप ५ लाख बजेट व्यवस्था गरेको प्रतिवेदनमा उल्लेख छ।  
    
पुर्भुता सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र साउँदले भने काम डोजर र श्रमिक दुबैले गरेका दाबी गरेका छन्।  सजिलो स्थानमा कामदारमार्फत बाटो निर्माण गरिएको हो, अफ्ठ्यरो स्थानमा डोजर प्रयोग गरिएको हो, प्रतिवेदनमा कसरी अनियमति भएको देखायो आफूलाई जानकारी नभएको साउँदको भनाई छ।

नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत खग्रेन्द्र साउँदले भने काम त डोजरले गरेको स्वीकार गरेका छन्।  तर साउँदले भुक्तानीमा भने बील कसरी आएको हो, जानकारी नभएको बताएका छन्।  वडा कार्यालयका लागि विनियोजन गरिएको बजेटलाई पछि सडक निर्माणमा खर्च गरिएको समेत खाउँदको भनाई छ।  
    
नगरपालिका ईन्जिनियर नविन साउँदले भने काम डोजर र मानिसले गरेकोले दुबैको बील पेश भएर भुक्तानी गरेको जिकिर गरेका छन्।  तर महालेखाको प्रतिबेदनमा भने उल्लेख सबै काम ब्यक्तिले गरेको जनाएको छ।  महालेखाले असुल गर्न निर्देशन दिएको एक बर्ष बितेपनि नगरपालिका बेखबर बनेको छ।  
    
वित्रेणी नगरपालिकाले त्यो बाहेक थप अरु गरेर आर्थिक बर्ष ०७४।०७५ मा २० लाख २३ हजार ६ सय ४६ रुपैया असुल गर्न निर्देशन दिएको छ।  भने जिल्लाका नौ वटा स्थानीय तहको गरेर करिब १ करोड रकम असुलीका लागि निर्देशन दिएपनि सबै तहहरु मैन छन्।

प्रकाशित: १४ भाद्र २०७६ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App