१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोखरामा ‘स्पोर्टस क्यासल सञ्चालन

कास्की - पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा भएको छ।

पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङलगायत छ जना खेल क्षेत्रमा सङ्लग्न युवाको समूहले सञ्चालनमा ल्याएको सो स्पोर्टस क्यासलको शनिबार गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनादमन्त्री किरण गुरुङले शुभारम्भ उद्घाटन गरेको हो।

फुटसल खेलको विकासमार्फत राष्ट्रिय खेलाडी उत्पादन गरी देशको खेल क्षेत्रमा योगदान गर्ने उद्देश्यले क्यासल सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले बताए।चन्द्रसहित अनमोल पालिखे, विजया गुरुङ, विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङले छ करोड लगानीमा सो क्यासल सञ्चालन गरेको जनाएको छ।

फुटसल मैदानमा सम्पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आवश्यक संरचना निर्माण गरिएको सञ्चालक अनमोल पालिखेले बताए त्यसैगरी एक पटकमा ८० जनासम्मले अभ्यास गर्न मिल्ने गरी आधुनिक उपकरणसहितको व्यायामशाला समेत निर्माण भएको उनको भनाइ छ।

निश्चित शुल्कमा व्यक्तिगत फुटसल प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था गरिएको बताउँदै पालिखेले एकै थलोभित्र खेलकूद तथा व्यायाम गर्न सकिने उल्लेख गरे मन्त्री गुरुङले शारीरिकरुपमा स्वास्थ हुन सके मानसिक रुपमा पनि तन्दुरुस्त हुने धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहभागितामा देशलाई समृद्ध बनाइने स्पष्ट पारे। 

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले व्यक्तिगत अनुशासन तथा युवालाई कुलतमा फस्नबाट बचाउनसमेत खेलकूद अपरिहार्य रहेको बताइन्।राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल ह्याडबल सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ लगायतले स्पोर्टस् क्यासल सञ्चालनसँगै खेलकूदको विकासमा टेवा पुग्ने विश्वास राखेको छ। रासस

प्रकाशित: १४ भाद्र २०७६ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App