१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हत्या आरोपित रिहा भएपछि पीडित निरास

रौतहट - बालकको अपहरणपछि हत्या गरेको आरोपमा हिरासतमा रहेका अभियुक्तहरु धरौटी र साधारण तारेखमा रिहा हुन थालेपछि पीडित परिवार निरास बनेका छन्। रौतहटको कटहरिया नगरपालिका वडा नम्वर ९ डुमरिया पोखरीया टोलका दिलिप साहको १० वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ परेकाहरु धरौटीमा छुट्न थालेका हुन्।

अपहरणको २४ घण्टा नबित्दै १० वर्षीय युवराज साहको गोली हानी विभत्स हत्याका मुख्य योजनाकार मानिएका सोही वडाका वडा अध्यक्ष रामअज्ञा यादवसहिट १२ जनालाई प्रहरीले पक्राउ गरेर अभियोग पत्रसहित अपहरण, शरिर बन्धक, फिरौतसहित कत्र्तव्य ज्यानको मुद्दामा जिल्ला अदालगत गौरको आदेशले पुर्पक्षका लागि गौर कारागार चलान भएको थियो।

फिरौती रकमको लागि छोराको अपहरण गरी निर्ममतापूर्वक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि गौर कारागारमा रहेका मध्ये गत बिहिबार सर्वोच्च अदालतको आदेशबाट मुख्य योजनाकार नै साधारण तारेखमा मुक्त भएपछि नेपालमा न्याय पाउन गाह्रो रहेको पीडित परिवारले गुनासो गरे।

रौतहटको चन्द्रपुर स्थित हिमालयन गेष्ट हाउसमा बालकका पिता दिलिप साह र आमा वविता देवी साहले शनिवार पत्रकार सम्मेलन गरी घरमा सुतिरहेको बालकलाई अपरहण गरेर फिरौती माग्ने र केही घण्टामै निर्ममतापूर्वक हात खुटा भाँचेर हत्या गर्नमा संलग्न रहेका प्रमुख योजनाकारसहित १७ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो। पक्राउ परेका १२ जनालाई पुर्पक्षका लागि गौर कारागार चलान गरेको थियो ।
कारागार चलान भएका मध्ये योजनाकार रामबालक राय यादव र कृष्ण अवतार राय यादवलाई गत बिहीबार सर्वोच्च अदालतको न्यायाधिशद्धय इश्वर प्रसाद खतिवडा र कुमार रेग्मीको इजलास नम्वर ६ ले कृष्णलाई पाँच लाख र रामबालकलाई साधारण तारेखमा रिहा गरपछि साह दम्पत्तीले पत्रकार सम्मेलन गरी न्यालयप्रति गम्भीर असन्तुष्टि प्रकट गरको हुन्।

पुर्पक्षका लागि गौर कारागारमा रहेका प्रतिवादीहरुका आफन्तहरु सर्वोच्च अदालतमा कुन प्रक्रियाबाट योजनाकारसहित दुई जनालाई सामान्य तारेखमा रिहा गर्ने आदेश दिदा आफूहरु माथि ठूलो अन्याय भएको साह दम्पत्तीले आरोप लगाए।

मेरो एउटा छोराले के विगारेको थियो, सुतिरहेको अवस्थामा अपहरण गर्नु र हत्या गरेका व्यक्तिहरुलाई सर्वोच्चबाट रिहा गर्दा अब न्याय कसरी पाउने भन्दै सर्वेच्चको फैसलामाथि प्रश्न चिन्ह खडा गर्दै प्रत्येक शुक्रवार उक्त मुद्दाको सुनवाई हुने हुँदा सेडुलमा मुद्दा हुन्थ्यो तर गत साता उक्त मुद्दा सेडुलमा पनि थिएन। एक्कासी बिहीबार पेशीमा चढाएर आफूलाई जानकारी नै नदिई सामान्य तारेखमा रिहा गर्ने आदेश आउनु पक्कै न्याय पनि पहुचवाला कै बलमा चलिरहेको आमा वविता देवीले आरोप लगाइन्।

एक मात्र छोरा रहेको त्यसलाई पनि यीनीहरु अपहरण गरेर १ करोड फिरौती माँग गरेको २४ घण्टा नवित्दै हत्या गरेको पीडा छदैछ तर पीडकहरु बिस्तारै सर्वोच्चको निर्णयबाट छुट्ने क्रम जारी रहेको हुँदा न्याय मिल्छ कि मिल्दैन आशंका उब्जिएको साहले बताए। सो पत्रकार सम्मेलनमा बालकको आमा बविता देवी साहले छोरा वियोगको पीडा कस्तो हुन्छ त्यो मैले भोगिरहेको छु, आफनो बेदना र दुख कसलाई सुनाउ, एक मात्र आस अदालतबाट छोरालाई हत्या गर्नेहरुलाई सजाय पाएको देख्न चाहन्छु, अहिलेको गतिविधि हेर्दा न्याय पाउन कठिन रहेको र छोराले कहिले न्याय पाउलान ? भने प्रश्न उनले गरिन। न्यायालयप्रति विश्वास छ तर बालक हत्या आरोपमा प्रहरी जवान होसनारायण यादवसहित पाँच जना फरार  अभियुक्त्तलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन।

अपहरणकारीले एक करोड रुपैया फिरौती रकम माग गरेको थियो। माग बमोजिमको रकम नदिएपछि अपहरणकारीहरुले २४ घण्टा नबित्दै बालकको हातखुट्टा भाचेर निर्मता पुर्वक यातना दिएर पछि कन्चटमा गोली हानेर हत्या गरेको थियो।

प्रकाशित: १४ भाद्र २०७६ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App