१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पारा पावरलिफ्टिङ प्रशिक्षण सञ्चालनमा

काठमाडौं– राष्ट्रिय पारा पावरलिफ्टिङ संघको आयोजनामा पारा महिला पावरलिफ्टिङ प्रशिक्षण शुक्रबारबाट काठमाडाैंमा सुरु भएको छ।

नेपालमा पारा महिला पावरलिफ्टिङ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा कम्मरदेखि मुनि भाग कमजोर रहेका करिब २५ पारा खेलाडी र प्रशिक्षकहरूले तीन दिनसम्म प्रशिक्षण लिनेछन्। ठमेलस्थित मस्र्याङ्दी होटलमा सञ्चालित कार्यक्रममा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल मलेसियाकी नुर साहिदा माट साहले सैद्धान्तिक तथा प्रयोगात्मक रूपबाट प्रशिक्षण प्रदान गरिरहेकी छन्।

विगत १० वर्षदेखि विभिन्न देशमा पावरलिफ्टिङ खेल प्रशिक्षण गर्दै आइरहेकी साहले नेपालमा पनि यस खेल विकासका लागि आफू यहाँ आएको बताइन्। साथै साहले आफूले प्रदान गर्ने प्रशिक्षण खेलाडी र प्रशिक्षकका लागि उपलब्धिमूलक हुने उल्लेख गरेकी छन्। उक्त प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष पीताम्बर तिम्सिनाले शुक्रबार उद्घाटन गरेका थिए।

यता, संघले यस कार्यक्रममार्पmत नेपालमा पारा पावरलिफ्टिङका खेलाडीहरूको विकास र विस्तार हुने विश्वास लिएको छ। एजिआइटिओएस फाउन्डेसनको सहयोगमा यस प्रशिक्षण सञ्चालन भएको राष्ट्रिय पारा पावरलिफ्टिङ संघका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी गराए। हाल सयभन्दा बढी देशमा पारा पावरलिफ्टिङ विकास खेलिँदै आएको छ।

यस प्रतियोगिता सन् १९६४ मा जापानबाट सुरु भएको थियो। महिलातर्फर्को प्रतिस्पर्धा भने सन् २००० को सिड्नी ओलम्पिकबाट सुरुआत भएको हो। महिला र पुरुष दुवैमा समान १० तौल समूहको एसियन तथा ओलम्पिकमा प्रतिस्पर्धा हुँदै आइरहेका छन्।

प्रकाशित: १४ भाद्र २०७६ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App