१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विद्यार्थीलाई साइकल उपहार

नुवाकोट – विद्यार्थीको खेलप्रतिको रुचीलाई मध्यनजर गर्दै हौसला प्रदान गर्न नुवाकोटको लिखु गाउँपालिकाका दुई युवाले साइकल वितरण गरेका छन्।

गत असारको २२ र २३ गते सञ्चालन भएको जिल्लास्तरीय ११औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएका विद्याथीलाई शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठले साइकल प्रदान गरेका हुन्। उक्त प्रतियोगितामा गाउँपालिकालाई जिताउन अतुलनीय योगदान पु-याएको भन्दै श्रेष्ठ दाजुभाईले विजेता विद्यार्थीलाई साइकल वितरण गरेका थिए।

लिखु गाउँपालिका–४ मा अवस्थित क्षेत्रपाल माध्यामिक विद्यालयमा आयोजित एक समारोहमा श्रेष्ठ दाजुभाईले २३ जना विद्यार्थीलाई साइकल प्रदान गरेका थिए। उनीहरूले विद्यार्थीमा खेलप्रतिको लगाव बढाउने उद्देश्यले सहयोग गरिएको बताएका छन्।

‘विद्यार्थी खेलको माध्यमबाट गाउँपालिकालाई परिचित गराउन सफल भए। उनीहरूलाई हौसला प्रदान गरी अझै अघि बढ्न प्रेरणा दिनु हाम्रो कर्तव्य हो,’शैलेस श्रेष्ठले भने,‘पढाईसँगै अतिरिक्ति क्रियाकलापमा लाग्दा भविष्यको बाटो रोज्न पनि सहज हुन्छ। उनीहरूको प्रतिभालाई मार्न दिनुहुँदैन।’

प्रकाशित: १४ भाद्र २०७६ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App