१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा - रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ना १ ज ४६५६ न. को जिप रोल्पा नगरपालिका ७  भलमा नजिकै भिरबाट तल खोलामा खस्दा धवाङ निवासी ३० बर्षिय चालक तिलबहादुर बुढामगरको मृत्यु भएको हो।

शुक्रबार साझ जिप दुर्घटना भएको थाहा पाए पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना स्थल पुगेका थिए। रातिमा लास नभेटिए पछि उनिहरु फर्केका थिए। प्रहरीका अनुसार शनिबार बिहान घटना स्थल भन्दा करिब दुई किलो मिटर तल माडि खोलामा लास भेटिएको हो।

निम्रि भन्ने स्थानमा यात्रु छोडेर फर्केदै गर्दा गाडि दुर्घटना भएको थियो। मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पु¥याईएको छ।  
 

प्रकाशित: १४ भाद्र २०७६ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App