१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जापानी महिला सांसदको प्रतिनिधिमण्डल नेपालमा

काठमाडौ – जापानको लिबरल डेमोक्रेटिक पार्टीका महिला सांसदको प्रतिनिधिमण्डल बिहीबार नेपाल आइपुगेको छ। पार्टीका मुख्य उपमहासचिव एवं पूर्वरक्षामन्त्री तोमोनी इन्डा नेतृत्वको प्रतिनिधिमण्डलमा हाउस अफ काउन्सिलरकी सदस्य फुसेइ ओता, हाउस अफ रिप्रिजेन्टेटिभकी सदस्य मियो सुगितालगायत छन्। तीनदिने भ्रमणका क्रममा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालगायतसँग भेट गरेको छ।

भेटमा उनीहरूले महिला सशक्तीकरण, महिला सांसदहरूको भ्रमण आदानप्रदानलाई प्रवद्र्धन गर्नेलगायत विषयमा छलफल भएको जनाइएको छ। सोही क्रममा दुई पक्षीय चासोका विषय र दुई पक्षीय सम्बन्ध विस्तारलगायत क्षेत्रमा पनि छलफल भएको छ। भेटमा जापानी विदेश मन्त्रीले गत जनवरीमा नेपालमा गरेको भ्रमणलाई पनि स्मरण गरिएको थियो। प्रतिनिधिमण्डलले थापाथलीस्थित परोपकार प्रसूति तथा महिला अस्पतालमा पनि भ्रमण गरेको थियो। २०७२ मा गएको शक्तिशाली भूकम्पले क्षति पु¥याएपछि जापानी सहयोगमा सो अस्पतालको पुनर्निर्माण भएको थियो।

जापानी प्रतिनिधिमण्डलको सम्मानमा नेपाल–जापान फारलामेन्टेरी फ्रेन्डसिप गु्रपका अध्यक्ष सांसद सुरेन्द्रप्रसाद पाण्डेले रात्रिभोजको आयोजना गरेका थिए। साथै प्रतिनिधिमण्डलले नेपाल एयरलाइन्सको जापान सीधा उडान र नेपाल भ्रमण वर्ष–२०२० को प्रवर्धनात्मक कार्यक्रममा पनि सहभागिता जनाएको थियो। सो प्रतिनिधिमण्डल शनिबार नेपाल एयरलाइन्सको सीधा उडानमार्फत स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: १४ भाद्र २०७६ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App