१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोसीकिनारमा लगातार अनशन

सप्तकोसीपीडितको रिले अनसनमा सहभागी कोसीपीडित।

इटहरी - पूर्वका तीन जिल्लाका कोसीपीडितले १४ दिनदेखि आन्दोलन गरिरहेका छन्। सुनसरी, सप्तरी र उदयपुरका कोसीपीडित सुनसरीतर्फको कोसी ब्यारेज क्षेत्रमा भेला भएर मुआब्जा र क्षतिपूर्तिको माग राखेर दबाब दिन आन्दोलन जारी राखेका हुन्। उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने जनाएका छन्।

मुआब्जा र क्षतिपूर्तिका लागि वर्षौंदेखि आसैआसमा रहे पनि कहिल्यै त्यसको टुंगो नलागेपछि कोसीपीडितले साउन ३२ देखि रिले अनसन बसेर आन्दोलन थालेका थिए। कोसी ब्यारेजमा तीनै जिल्लाका सप्तकोसीपीडित भेला भएर दिनैपिच्छे फेरिँदै अनसन बस्ने गरेका छन्।

हरेक दिन १६/१७ जनाको दरमा अनसनमा बस्ने गरेका छन्।

सप्तकोसीपीडितको रिले अनसनमा सहभागी कोसीपीडित।

‘जबसम्म मुआब्जा र क्षतिपूर्ति पाउने पूर्ण ग्यारेन्टी हुँदैन, हाम्रो आन्दोलन रोकिने छैन,’ कोसी डुबान कटान पीडित संघर्ष समितिका संयोजक महिदेव चौधरीले भने, ‘आन्दोलन गर्दागर्दै हाम्रो जीवन बित्न लागियो। अब हाम्रा छोरा÷नातिले आन्दोलन गर्न नपरोस् भनेर हामी निर्णायक आन्दोलनमा लागेका हौं।’

कोसीपीडितको आन्दोलनमा सत्तारुढ दलसँगै अन्य दलका नेताले समर्थन जनाएर रिले अनसनमा सहभागी हुने गरेका छन्। रिले अनसनमा सत्तारुढ दल, प्रतिपक्ष दल र अन्य दलका केन्द्रीय स्तर तथा संघीय–प्रदेश सभासदसमेत सहभागी हुने गरेका छन्। अनसनमा सहभागी हुने नेता तथा सभासदले कोसीपीडितको न्यायका लागि पूर्ण रूपमा साथ दिने भनी आन्दोलनकारीलाई आश्वास्त पार्दै आएका छन्।

भारत सरकारले कोसी सम्झौता गर्दा भएको सहमतिअनुसारको मुआब्जा र क्षतिपूर्ति दिनैपर्ने आन्दोलनका संयोजक चौधरीले बताए। उनले भारतले ६५ वर्षअघि कोसी सम्झौता गर्दा भएको सहमति कार्यान्वयन गर्नुपर्नेबाहेक पीडितका अरू नयाँ कुनै माग नभएको प्रस्ट्याए। ‘हाम्रा माग पुरानै हुन, पटक–पटक ताकेता ग¥यौं तर नेपाल सरकारले कार्यान्वयनका लागि कुनै पहलकदमी गरेन। भारतीय पक्षले पनि सम्झौता कार्यान्वयनलाई आफ्नो दायित्व नठानेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको हो,’ संयोजक चौधरीले भने।

२०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला दुई देशका प्रधानमन्त्रीबीच कोसीको समस्यालाई समाधान गर्ने सहमति भए पनि त्यो अहिलेसम्म कार्यान्वन हुनसकेको भएको छैन। सुनसरी, सप्तरी र उदयपुरका पनि कोसीपीडित बग्रेल्ती छन्। कोसीपीडितको समस्या समाधानका लागि २०४१ सालयता थुपैैै्र समिति बने पनि यो पीडामा मलम लगाउन कसैले सार्थक प्रयास गरेका छैनन्।

प्रकाशित: १४ भाद्र २०७६ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App