१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा अर्घाखाँचीले पायो पुर्णता

अर्घाखाँची– पार्टी एकिकरणको लामो समय पश्चात सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीले पूर्णता पाएको छ। शुक्रबार सकिएको नेकपाको दोस्रो पूर्ण बैठकले ७ सदस्य रहेको कार्यलयसमेत गठन गरेको छ। जसको अध्यक्ष चेतनारायण आचार्य र सचिवमा ठाकुर कुमार विक रहेका छन्। लिलबहादुर बिकलाई पार्टी कार्यालय सचिवको जिम्मेवारी दिइएको छ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर–१ को अध्यक्षमा प्रकाश ज्ञवाली र सचिवमा धु्रवराज पाण्डे तथा प्रदेश क्षेत्र नम्बर–२ को अध्यक्षमा जीवनारायण कोईराला र सचिवमा जाकिर हुसेनलाई जिम्मेवारी तोकिएको छ।

बैठकले ६ वटै स्थानीय तहका ईन्चार्ज र सहईन्चार्ज, वडा इन्चार्जहरु, जिल्ला सल्लाहकार कमिटी, जेष्ठ कम्युनिष्ट मञ्च, विभागीय प्रमुख र उपप्रमुख तथा जनसंगठनको ईन्चार्ज र सहईन्चार्जसमेत तोकेको प्रचार तथा प्रकाशन विभागका प्रमुख तिलक मिश्रले जानकारी दिए।

प्रकाशित: १३ भाद्र २०७६ १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App