१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिममा अनसन बस्ने डा. गोविन्द केसीको संकेत

बिहिबार डडेल्धुरा अस्पतालमा अवलोकन गर्दा गर्दा स्थानीयसँग कुराकानी गर्दै डा. केसी । तस्बिरः नागरिक

डडेल्धुरा– स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले डडेल्धुराका जनप्रतिनिधिहरुको वेवास्ताको शिकार डडेल्धुरा अस्पताल डडेल्धुरा भएको बताएका छन्। राज्यको विभेदकारी व्यवहारको बिरुद्धमा संघर्ष गर्दै १६ औं पटक सत्याग्रह गरिसकेका केसीले आफ्नो सुदूरपश्चिम भ्रमणका क्रममा बुधवार डडेल्धुरा पुगेका डा. गोबिन्द केसीले सुदूरपश्चिमको केन्द्रमा रहेको डडेल्धुरा अस्पताल र सुदूरपश्चिमेली पहाडी जनताको स्वास्थ्य उपचारको स्थिति देख्दा आफू लाई चिन्ता लागेको बताए।

शुक्रबार नागरिक समाज डडेल्धुरासँग भेटघाट गर्ने क्रममा उनले भने, डडेल्धुरा अस्पताल डडेलधुराको मात्र नभई सुदूरपश्चिमका पहाडी जिल्लाको पायक पर्ने अस्पताल हो। जहाँ साधन छ जनशक्ति छैन, श्रोतको अभाव छ, चिकित्सक साथीहरु लाई निडर भएर काम गर्ने बाताबरण छैन जसको सम्पूर्ण जिममेवारी स्थानीय जनप्रतिनिधि र प्रशासनको हुनु पर्ने हो।

स्वास्थ्य उपचार सेवा गुणस्तरिय हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै अस्पताल भर पर्दो सेवाको केन्द्र बनाउन आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग राख्दै डा. केसीले भने 'एकातिर चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुलाई आकर्षण छैन् भने अर्कोतिर सुरक्षा छैन्। यस्तो वातावरणमा कसरी काम गरिरहनु भएको छ भन्ने आश्चार्य मलाई लागेको छ।'

राज्य संचालकहरुको ध्यान कार्यकर्तालाई योजना कसरी बाँडनेतर्फ मात्र गएको बताउँदै जनताप्रतिको जिम्मेवारिता र दायित्वबोध नभएको आरोप उनले लगाए। यस्तो अवस्थामा अस्पताल पुग्दासम्म के जनप्रतिनिधिहरुलाई थाहा हुँदैन र? उनले भने, केहि समय अगाडी अस्पताल सुध्रिएको खबर थाहा पाउँदा खुशी लागेको थियो। अहिले पनि ठूलो भवन बन्दै रहेछ, भित्र केहि उपकरण पूर्वाधारहरु पनि रहेछन्। तर संचालनमा नरहनु बिडम्बनाको विषय हो।

नागरिक समाज डडेल्धुराकासँग कुराकानी गर्दै डा. केसीले भन्ने, 'डाक्टरहरको सुरक्षा पहिलो प्राथमिकता र सर्त रहेकोमा स्वास्थ्य सेवा पाउन सकिने न्यूनतम आवश्यकता पुरा गर्न सकिने सम्भावना रहेको अस्पतालमा उपचार सेवा नपाएर अन्यत्र जानु भनेको राज्य लाई लाज लाग्नु पर्ने विषय  हो' उनले भने। मन्त्रालयले इच्छा देखाए असम्भव केहि पनि छैन्। दरबन्दी अनुसार डाक्टर पठाए टिम पुरा हुने र सेवाग्राहीको उपचार सहज बन्ने उनले बताए।

‘कार्यरत डाक्टर जितेन्द्र कँडेलले धेरै धान्नु भएको रहेछ, उहाँको ईमान्दारिता काम कार्यव्यवहार कर्तव्यनिष्टता र प्रयासको प्रसंशा गर्दै यति असुरक्षित र जोखिम मोलेर पनि काममा लागिरहनु भएको छ। उहाँलाई काम गर्ने वातावरण बनाएर मात्र पुग्दैन। उहाँलाई जिल्लामै केहि वर्ष सेवा गर्ने अवसरका लागि प्रयास गर्नुप-यो’ डा. केसीले भने। सरकारलाई दबाब दिनु प-यो भन्दै नागरिक समाज लाई आग्रह समेत गरे।

डडेल्धुरमा मेडिकल कलेज स्थापना आफ्नो माग रहेकोले मेडिकल कलेज बने यस क्षेत्रको सर्बाङ्गिण विकास हुने विश्वास व्यक्त गर्दै डडेल्धुराको प्राकृतिक बिशेषता आफू लाई मनपर्ने बताउँदै डा. केसीले आन्तरिक तथा बाह्य पर्यटकको प्रशस्त संभावना रहे पनि डडेल्धुराबाट प्रतिनिधित्व गर्ने सांसद र स्थानीय जनप्रतिनिधिहरुले अपेक्षा अनुसारको काम नगरेकोमा दुःख व्यक्त गरे।

राज्य सञ्चालकहरुको सोच देखेर आफूलाई सधै हाँसो उठने गरेको बताउँदै १६ औं पटक सत्याग्रह सम्पन्न गरेका डा. केसीले आगामी आन्दोलन सुदूरपश्चिममा हुन सक्ने र त्यो सत्याग्रह डडेल्धुरामा पनि हुन सक्ने संकेत दिए। आफू नेपाली जनताको सुलभ स्वास्थ्य उपचार तथा स्वास्थ्य शिक्षा अध्ययन गर्नेहरुका लागि न्याय दिलाउन पनि आन्दोलनका लागि निरन्तर लडिरहने उनले बताए।

अर्को आन्दोलनका बारेमा जिज्ञासा राख्दा डा. केसीले भने, ‘त्यस विषयका लागि मलाई भन्दा पनि प्रधानमन्त्रीलाई सोध्नु उचित हुन्छ होला। नेपालका सबै जिल्लाहरुमा स्वास्थ्य क्षेत्रमा चुनौतीहरु रहेको आफ्नो अनुभव बताउँदै प्रजातन्त्रदेखि गणतन्त्र आउँदासम्मका हरेक सरकारहरु स्वास्थ्य क्षेत्रको सुधार गर्ने मामिलामा चुक्दै गएको र सुधार गर्न नखोजिएको उनले बताए। साथै आफ्नो हक अधिकारका लागि जनता स्वंय जागरुक नभएसम्म राज्यबाट आशा अपेक्षा राख्नु भ्रम हुने समेत डा. केसीले बताए।

‘अस्पतालका विषयमा म मेरो तर्फबाट पहल गर्छु तपाईहरु पनि तात्नुस’ उनले भने, ‘समय निर्धारण गर्दिन तर पनि म छिट्टै पुनः सुदूरपश्चिममा आउने कार्यक्रम बनाउँछु।’ उनले नागरिक र नागरिक समाजलाई आवश्यक सहयोग र सहकार्यका लागि आफू तयार रहेको पनि डा. केसीले बताए।

प्रकाशित: १३ भाद्र २०७६ १२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App