१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लाम्पार्डले न्युयोर्क छोड्ने

न्यूयोर्क,(एएफपी)– चेल्सीका पूर्व स्टार फ्रांकले मेजर सकर टोली न्यू योर्क सिटी एफसी छोड्ने भएका छन्। बर्षको अन्त्यमा सम्झौता टुंगिएसँगै लाम्पार्ड क्लबबाट विदा हुने टोलीले सोमबार जनाएको छ।

इङ्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी लाम्पार्ड सन् २०१४ मा उत्तर अमेरिकी लिग टोलीमा आबद्ध भएका थिए। ३८ बर्षे उनले न्युयोर्कका लागि खेलका ३१ खेलमा १५ गोल गरेका थिए। कालोराडो र्‍यापिडविरुद्धको जितमा उनले टोलीका लागि पहिलो ह्याट्रिक गरेका थिए । लाम्पार्ड क्लबका लागि ह्याट्रिक पहिलो खेलाडी मात्र बनेनन्, टोलीलाई प्ले अफका लागि छनोट पनि गराए । क्लब पहिलो पटक प्ले अफका लागि समेत छनोट भएको थियो।

‘न्यूयोर्कका लागि मेरो समय अब सकिने बेला आएको छ । म सबै दयालु मान्छे र समर्थकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्,‘ टोलीका सबै सहकर्मीप्रति अभारी छु । यहाँका समर्थकले मलाई निकै राम्रो साथ दिए । मैले यहाँ विताएका समय अविस्मणीय छन् । यहाँ खेल्डो अवसर दिएको यो उत्कृष्ट क्लबलाई धन्यवाद दिन चाहन्छु ।’

१९९५ मा उनले वेस्ट ह्याम युनाइटेडबाट व्यवसायिक खेल जीवन सुरु गरेका थिए । वेस्ट ह्यामबाट उनका बाबुले पनि खेलेका थिए । २००१ मा उनी वेस्ट ह्यामको प्रतिद्वन्द्वि चैल्सी गएका थिए । चेल्सीमा १३ सिजन विताउने क्रममा उनले क्लबका लागि सबैभन्दा बढी २ सय ११ गोल गरेका थिए । त्यसपछि उनी न्यूयोर्क सिटी एफसीमा आबद्ध भए । अमेरिकी क्लबको भगनी क्लब म्यानचेस्टर सिटीबाट पनि उनले २०१४÷०१५ एक सिजन प्रिमिर लिग खेले । ‘मिडफिल्डरका रुपमा फ्रांकले गरेको गोलका बारेमा सबैले चर्चा गर्छन् । तर पछिल्लो एक बर्ष उनीसँग काम गरेका आधारमा उनी गोलमात्र होइन टोलीलाई एकताबद्ध बनाउन पनि त्यत्तिकै योगदान गर्दछन्,’न्यूयोर्कका प्रिशिक्षक प्याट्रिक भियराले भने,‘ उनले ड्रेसिङ रुपमा तयार पार्ने वातावरण महत्वपूर्ण छ । उनी अनुभवी, परिपक्व र युवा खेलाडीका लागि प्रेरणाका श्रोत हुन् । उनीसँगको अनुभव निकै यादगार रह्यो ।’

लामपार्डले पुरा सिजन विताएको न्यूयोर्कले अहिले सम्म १५ खेलमा जित ९ बराबरी र १० खेलमा हार बेहोरेको छ । इस्र्टन डिभिजनको अंकतालिकामा न्यूयोर्क चिर प्रतिद्वन्द्वि न्यूयोर्क रेड बुल्सभन्दा ३ अंकले पछाडी छ ।

लाम्पार्डको तारिफमा क्लबका निर्देशक क्लाउडियो रेयनाले भने,‘उनी क्लबका लागि महत्वपूर्ण खेलाडी हुन्। सहयकार्यका लागि म उनी प्रति आभारी छु । भविष्यमा उनले जुनसुकै क्षेत्र रोजे पनि सफलता मिलोस्।’ उनले युवा खेलाडीले लाम्पार्डको खेल जीवनलाई अध्ययन गर्न पनि सुझाएका छन् । क्लबसँगको सम्झौता अन्त्यपछि लाम्पार्डले के गर्छन् भन्ने विषयमा भने अहिले सम्म कुनै घोषणा भएको छैन ।

 

 

प्रकाशित: १ मंसिर २०७३ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App