१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तरीमा अजिङ्गर फेला

सप्तरी - हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । 

उक्त अजिङ्गर  रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए । वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिङ्गर बुझाउने जनाइएको छ ।
 

प्रकाशित: १३ भाद्र २०७६ ०७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App