१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विकट गाउँको विद्यालयमा छात्राबास निर्माण हुने

हेटौँडा- सीमान्तकृत जातिका रुपमा रहेको चेपाङ जातिको बाहुल्य मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा टाढाबाट घण्टौँ धाएर विद्यालय आउने विद्यार्थीलाई लक्षित गरेर छात्राबास निर्माण गरिने भएको छ।

राक्सिराङ ६, सिलिङेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्राबास निर्माणका लागि तीन कठ्ठा जग्गासमेत खरीद गरिसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।     

खासगरी वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय जनसमुदायको अगुवाइमा काम भइरहेको उनले बताए। छात्राबास निर्माणमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने अध्यक्ष उनकोे भनाइ छ।

छात्राबास निर्माणका लागि आवश्यक जग्गा खरीद गर्न वडा नम्बर ६ का वडाध्यक्ष सिंहलाल चेपाङले आफ्नो छ महीना बराबरको वेतनसमेत हस्तान्तरण गरेका छन्।

विद्यालयको छात्राबास भवन निर्माणका लागि जग्गा खरीद गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराम चेपाङलाई रकम हस्तान्तरण गरेका स्थानीय युवा समाजसेवी प्रसान्त चेपाङले जानकारी दिए।रासस

प्रकाशित: १३ भाद्र २०७६ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App