१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अदितीको कविता उत्कृष्ट

भक्तपुर – उपत्यकाव्यापी अन्तरविद्यालय छन्दोवद्ध कविता वाचन प्रतियोगितामा भक्तपुरको निस्ट कलेजमा अध्ययरत आदिती तिमल्सिना उत्कृष्ट भएकी छिन्। बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा साहित्यकार रामबाबु सुवेदीले उनलाई प्रमाणपत्र प्रदान गरेका थिए।

एभरेष्ट इंगलिस स्कुलको आयोेजना गरेको प्रतियोगितामा मेरिगोल्ड इंगलिस स्कुलकी आहाना उप्रेती दोस्रो भएकी थिइन्। प्रतियोगितामा सिद्धार्थ विद्यापीठका शीर्षक भट्टराई, विद्या संस्कार स्कुलकी स्प्रिया पराजुली र सैनिक आवासीय माध्यमिक विद्यालयकी सुमिना कार्की संयुक्त रुपमा तेस्रो भएका थिए। साहित्यकार जीवनाथ अधिकारी, अनन्तप्रसाद वाग्ले र एलिना दुलाल प्रतियोगिताको निर्णायकको रूपमा रहेका थिए।

‘कविता वाचन प्रतियोगिताले विद्यार्थीलाई सिर्जनात्मक कलातर्फ लाग्न प्रोत्साहित गर्दछ। साहित्यमा रूचि राख्ने विद्यार्थीलाई केन्द्रित गरेर आयोजना गरिएको प्रतियोगितामा काठमाडौं उपत्यका विभिन्न स्कुलहरूले सहभागिता जनाएका थिए,’ आयोजक एभरेष्ट इंगलिस स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले भने।
 
 

प्रकाशित: १३ भाद्र २०७६ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App