१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

रुकुम(पूर्व)- एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ। पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो। 

अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले बताए। उनीहरुको सुनुवाइ बाल इजलासमा हुने बताइएको छ । बोहराको भदौ ८ गते राति हत्या गरिएको थियो। रासस

प्रकाशित: १२ भाद्र २०७६ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App