पदाधिकारीविहीन खेलकूद विकास समिति

बिहिबार, १२ भदौ २०७६, १३ : ४३ नागरिक

जुम्ला- जिल्ला खेलकूद विकास समिति एक महीनादेखि पदाधिकारीविहीन भएको छ। गत १३ साउनदेखि तत्कालीन हरिप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको समिति समयावधि पुगेर खारेज भएपछि जिल्ला खेलकूद विकास समिति पदाधिकारीविहीन भएको हो।     

समिति पदाधिकारीविहीन भएपछि कार्यालयको खाता सञ्चालनमा आउन सकेको छैन। नयाँ कार्यसमिति कहिले आउने हो यस विषयमा कुनै टुङ्गो लाग्न नसकेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए।

उनले भने, “नयाँ कार्यसमिति नआएकाले कार्यालय सञ्चालनदेखि खेलाडीको छात्रवृत्ति वितरण कार्यक्रमसमेत प्रभावित भएको छ। कर्मचारीले तलबसमेत खान नपाएको कार्यालयले जनाएको छ। नयाँ कार्यसमिति नआउँदा पातारासी गाउँपालिकाको छुमचौटरमा बन्दै गएको ‘हाई अल्टिच्युट टे«डिङ सेन्टर’ को काम पनि प्रभावित भएको कार्यालय प्रमुख महतले बताए।     

जिल्ला खेलकूद विकास समिति जुम्लाको नयाँ कार्यसमितिको अध्यक्षका लागि आठ व्यक्तिको नाम चर्चामा छन्। समितिमा पहिलो पटक महिला अध्यक्ष बनाउनुपर्ने भन्दै चन्दननाथ नगरपालिका–१ आर्चायबाडाकी सङ्गीता आचार्य खेल क्षेत्रको विकास गर्न युवा नै आवश्यक रहेको सन्दर्भमा वडा ३ बुढ्थबाडाका लक्ष्मी खत्रीको नाम चर्चामा छ।]

अर्का युवा बक्सिङ खेलाडी बालकृष्ण बुढा, वडा ८ रोकायाबाडाका कालीबहादुर रोकाया तथा पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठ, भीम थापा र विष्णुबहादुर महतको नाम चर्चामा रहेको छ।     

नेकपा जिल्ला सचिव तीर्थ बुढाका अनुसार पदाधिकारीविहीन जिल्ला खेलकूद विकास समितिको अध्यक्षसहित अन्य सदस्यका लागि पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन। उनले भने, “यस विषयमा जिल्ला कार्यसमितिमा छलफलका लागि कुरा चलिरहेको छ।”रासस








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad