१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘डेब्यु’मा सहभागी हुँदै विदेशी मोडल

ललितपुर – पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सोमा सहभागी हुन विदेशी मोडलहरू नेपाल आइपुगेका छन्। नेपाली फेसन ब्रान्ड कासाले आगामी भदौ १३ मा पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्दैछ।

नेपाल भ्रमण वर्ष – २०२० लाई केन्द्रित गरेर आयोजना हुन लागेको फेसन सोमा स्वदेशी उत्पादनलाई प्रवद्धन गरिने जानकारी आयोजक कासाकी सञ्चाालक रमिला नेम्कुलले दिइन्। ‘नेपाली डिजाइनरहरूलाई अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन ब्रान्डबारे जानकारी गराउन यो फेसन सोको आयोजना गर्दैछौं। नेपालसहित विदेशका विभिन्न २१ वटा ब्रान्डहरूका डिजाइनहरू फेसन सोमा समावेश गर्नेछौं,’उनले भनिन् , ‘यो फेसन सोमा सहभागी हुने विदेशी मोडलहरू नेपाल आउनेक्रम जारी छ।’

विदेशी मोडलहरू एनी कुकोहोभी, अल्फ्रिडा अलिफिया र निशी भारद्धाजलगायत फेसन सोमा सहभागी हुँदैछन्। नेपाली कपडा लगाएर -याम्पमा हिड्न आँतुर रहेको विदेशी मोडल अल्फ्रिडा अलिफियाले बताइन्। यस फेसन सोमा पूर्व मिस नेपाल शृंखला खतिवडा, मनिता देवकोटा, प्रिया सिग्देल, रोनाली अमात्य, महिमा सिंह, अस्मी श्रेष्ठ, निकिता चण्डक, आस्था पोखरेल, सविता कार्की, सन्दिपा लिम्बु र अन्जली लामा लगायत मोडलहरू सोज्ज टपरको रूपमा देखिँदैछन्। कोरियोग्राफरको रुपमा आस्था पोखरेलले सोको कोरियोग्राफी गर्दैछिन्। ‘डेब्यु २०१९’ फेसन सोमा एनी कुकोहोभी, अल्फ्रिडा अलिफिया, मेल्बा इमान्युला र निशी भारद्धाज र रेवती क्षेत्रीसमेत -याम्पमा देखिँदैछन्।

प्रकाशित: १२ भाद्र २०७६ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App