१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तरकारीले धान्दै घरखर्च

धम्बोझी- कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन्।

कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा नम्बर ६ को निसा बुढा कुमालले बताइन्।     

गुलरिया नगरपालिका–९ का दलित महिला जङ्गली तरकारी बेचेर घरखर्च चलाउने गरेका छन्। आयआर्जनको कुनै स्रोत नभएका उनीहरु घरखर्च चलाउनकै लागि दिनहुँजसो जङ्गली तरकारी खोजेर बिक्री गर्दै आएका छन्।     

गुलरियाको हाडबजार छेउमा बसोबास गर्दै आएकी सीता विकले बिहानको खानपछि कहिले उत्तर र कहिले दक्षिणतर्फको जङ्गली तरकारी बोकेर बिक्रीका लागि गुलरिया र रम्मापुर चोकमा पुग्छिन्।     

जङ्गलको भेग बुझेकी सीतासँगै एक दर्जन जना दलित महिला पनि पछि लाग्छन्। अहिलेको वर्खाको सिजनमा जङ्गली साग बिक्रीका लागि निउरो ,जीब्रे , एकपात्ते, च्याउ, फुट्की, कर्मुवा, टामालगायत साग बिक्री हुने गर्दछ। एउटा मुठा सागको कम्तीमा २० रुपैयाँमा बिक्री हुन्छ।     

एक जनाले ५० देखि ६० मुठासम्म साग ल्याउने गरेको बताउँदै विपन्न महिला फहरी विकले साग बिक्रीबाट दैनिक एक हजार रुपैयाँ आम्दानी हुने बताइन्।    

गुलरिया नगरपालिका टेपरीको रामकली सुनारले भनिन् पुरुष ज्यालादारी कामको खोजीमा बाहिरिन्छन्। केटाकेटी स्कूल जाने र वृद्धावृद्धा घरमै बस्छन्। गुलरिया हाडबजार रम्मापुर हाडवजार बैदीहाडबजारमा गरी विभिन्न हाडबजारमा महिला जङ्गली तरकारीको खोजी गरेर ल्याएर बेच्ने गर्छन्।     

तरकारी बिक्री गरेर आफू र आफ्ना परिवारका लागि आवश्यक दैनिक उपभोग्य वस्तु खरीदमा सहज भएको फहरी विकले बताइन्।रासस

प्रकाशित: ११ भाद्र २०७६ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App