१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवामा अन्तिम लेखा परीक्षण सुरु

रसुवा – महालेखा नियन्त्रकको कार्यालयले डोरमुकाम स्थापना गरेर रसुवामा आर्थिक वर्ष ०७५/७६ को अन्तिम लेखा परीक्षण सुरु गरेको छ।

यसपटक जिल्लाको पाँचवटै गाउँपालिका र प्रदेश तथा संघअन्तर्गत रहेका कार्यालयमै पुगेर लेखा परीक्षण गर्न लागिएको छ। गत वर्ष गाउँपालिकाको स्रेस्ता सदरमुकाममा नै ल्याएर लेखा परीक्षण गरिएको थियो।

गाउँपालिकाबाट स्रेस्ता बोकाएर ल्याउँदा झन्झट भएको र कागजात तथा फिल्ड देखाउन नपाउँदा बेरुजु बढी देखिएको थियो। यसपटक सम्बन्धित गाउँपालिकामै पुगेर लेखा परीक्षण गर्ने टोली नम्बर १ का संयोजक एवं निर्देशक राजेन्द्रराज ओझाले बताए।

आर्थिक वर्ष सकिएपछि हरेक वर्ष जिल्लामा आएर लेखा परीक्षण गर्ने गरिएको छ। लेखा परीक्षणका लागि संविधानले पाँचवटा आधार दिएको छ। नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र औचित्यलाई आधार मानेर परीक्षण गरिने छ। यसका लागि जिल्लामा दुईवटा टोली आएको छ।

परीक्षणको काम आउँदो असोजको पहिलो हप्ताभित्र सकिने उनले जानकारी दिए। टोलीले जिल्लाको पाँचवटै गाउँपालिका, प्रदेश र संघअन्तर्गतका कार्यालयमा गत आर्थिक वर्षभरी गरेका आर्थिक कारोबारको स्रेस्ताको परीक्षण गर्ने छ।

टोलीमा टोली नम्बर १ मा ओझा र २ मा प्रेम मुङ्मेनको संयोजकत्वमा आठजना खटिएका छन्। स्रेस्ता राखेको हिसाबले रसुवा मध्यमस्तरको जोखिममा पर्छ। अहिले रसुवासहित २२ जिल्लामा ४२ वटा टोली परिचालन भएको छ।

प्रकाशित: ११ भाद्र २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App