१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिदम्बरमलाई जमानतमा रिहा गर्न अस्वीकार

नयाँ दिल्ली – भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई जमानतमा रिहा गर्न भारतीय अदालतले अस्वीकार गरेको छ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो। यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ। भारतको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि पूर्वमन्त्री चिदम्बरमलाई पक्राउ गरेको थियो। उनलाई अघिल्लो साता पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो।

भारतको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि पूर्वमन्त्री चिदम्बरमलाई पक्राउ गरेको थियो।

सञ्चार सेवासम्बन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोपसहित घुस लिएर विदेशी लगानीलाई बाटो खोलिदिएको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ।

७३ वर्षीय पूर्वअर्थमन्त्री चिदम्बरमले भने आफूले केही गल्ती नगरेको बताउँदै आएका छन्। अत्यन्तै असहज परिस्थितिका बीच चिदम्बरमलाई गत बुधबार राति पक्राउ गरिएको थियो। उनलाई पक्राउ गर्न जाँदा प्रहरी र उनका समर्थकबीच घम्साघम्सीसमेत भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)का सदस्यहरु गत बुधबार राति चिदम्बरमको घरको पर्खाल भत्काएर उनलाई पक्राउ गर्न सफल भएको थियो।

सिबिआईका सदस्यहरुले उनलाई पक्राउ गरेर गाडीमा राखेर लैजाँदै गर्दा सञ्चारमाध्यम र उनका समर्थकले घेर्दा चिदम्बरमको घर वरपर कोलाहलको अवस्था सिर्जना भएको थियो। चिदम्बरमले पेश गरेको जमानतको निवेदन गत मंगलबार दिल्ली उच्च अदालतले अस्वीकार गरेको थियो भने सिबिआईले पक्राउ गर्नुपूर्व उनको कानुनी समूह देशको सर्वोच्च अदालत पुगेको थियो।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले चिदम्बरम र उनका छोरा कार्तीविरुद्ध राजनीतिक रूपमा प्रेरित भएर यस्तो मुद्दा बाहिर ल्याएको उनका कानुन व्यवसायीले अदालतसमक्ष बताएका थिए। प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका वरिष्ठ नेताहरुले पनि भारतीय जनता पार्टीले शक्तिको दुरुपयोग गरेर चिदम्बरमलाई पक्राउ गरेको आरोप लगाउँदै आएका छन्। पूर्वमन्त्री चिदम्बरमसहित उनका छोरा कार्तीलाई पनि घुस लिएर विदेशी लगानीका लागि बाटो खाली गरिदिएको अभियोग लगाइएको छ।

भारतको प्रमुख विपक्षी दल कंग्रेस आईका वरिष्ठ सदस्य एवं सन् १९८४ देखि निरन्तर सांसद रहेका चिदम्बरमले केन्द्रीय गृहमन्त्रीका रूपमा काम गरिसकेका छन्।

 

प्रकाशित: १० भाद्र २०७६ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App