१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपामा कसले के जिम्मेवारी पाए ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री भानुभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ।

पार्टी कार्यालय धुमबराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मनत्री भानुभक्त ढकाललाई र उपप्रमुखमा राम कुमार राईलाई नियुक्त गरेको हो। यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो। सो जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिईएको हो। त्यसैगरी प्रादेशीक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई नियुक्त गरेको हो। त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ।

बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशत सम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो। सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ। यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिईएको थियो। बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्व राजदुत प्रमेश हमाललाई नियुक्त गरेको छ। नीति अनुसन्धान प्रतिष्ठानको सह संयोजकको जिम्मेवारी रमेश धमाललाई दिईएको छ।  धमाललाई ललितपुरको सह इन्चार्जबाट हटाईएको छ।

त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा वीरमान चौधरी लाई नियुक्त गरिएको छ। चौधरीलाई यसअघि कैलालीको सहइन्चार्ज को जिम्मेवारी दिईएको थियो। बैठकले जनवर्गीय संगठनको सह इन्चार्जहरुमा पनि नयाँ व्यवस्था गरेको छ।

अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ। आदीवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा सुरेश आलेमगर र शेर बहादुर तामाङलाई थप गरिएको छ। नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा  तिलक परियार र बोम बहादुर विश्वकर्मालाई , प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ।

त्यसैगरी ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी र चुँडामणी जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिईएको छ। 

प्रकाशित: ९ भाद्र २०७६ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App