१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

घरघरमा धारा, गाउँगाउँमा वाईफाई (फोटो फिचर)

लण्डन – तमुधिं युकेको आयोजनामा ११ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। आइतबार लण्डनको केप्टन पार्क रेसकोर्समा आयोजित मेला भर्न वेलायतका बिभिन्न ठाउँबाट हजारौं दर्शकहरुको आएका थिए।

चर्को गर्मीको वास्ता नगर्दै वेलायतस्थित समाजिक संघसँस्थाहरुले नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख अतिथी थिए। प्रमुख अतिथीको गुरुङको सहभागितामा भएको मेलाको सहकार्य नेपाली दूतावास लण्डनले गरेको थियो।

मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले राज्यका मुलधारबाट बाहिर रहेका र देशमा भएको भेदभावको अन्त्य गर्दै विभिन्न क्षेत्रमा पछाडि परेका समुदायको संरक्षण गर्न संघीय व्यवस्था उचित भएको विचार व्यक्त गरे।

उनले संघीय व्यवस्थामा पिछडिएका नेपालीको राज्यको नीति निमार्ण सम्म पहुंच पुग्ने दाबी गरे। उनले गण्डकी प्रदेशको विकास पर्यटनबाट मात्र सम्भव भएको वताउदैं भारत र चीनका पर्यटक भित्र्याउने गरी पर्यटन प्रर्वद्धनको लागि कार्यक्रम संचालन गर्ने योजना समेत सुनाएका थिए।

गुरुङले सरकारले देश विकासको लागि विभिन्न दिर्घकालिन आयोजना घोषणा गरेका वताए। उनले अबको २५ वर्षमा सबै नेपाली साक्षर भएर गरिवीको अन्त्य हुने दावी गरे। उनले गण्डकलाई डिजिटल प्रदेशको रुपमा विकास गर्दै प्रत्येक घरघरमा धारा र गाउँगाउँमा वाइफाई सेवा दिने उद्धघोष समेत गरिएका थिए।

आगामि ५ वर्ष भित्रमा गण्डक क्षेत्रमा ३ देखी ५ हजार मेघावाट विजुली उत्पादन गरि घरघरमा ग्यास चुलोको सट्टा इलेक्टिक चुलो जडान गरिने मुन्त्री गुरुङ्कको दावी थियो। अनुका अनुसार गण्डक क्षेत्रमा आर्थिक जोनको रुपमा विस्तार गरिने योजना तयार भएको जानकारी गराएका थिए। विदेशमा बस्ने नेपालीहरुलाई गण्डक प्रदेशमा उद्योग संचालन गर्न समेत मनत्री गुरुङ्कले आग्रह समेत गरे। साथै सरकारले वैदेशिक लगानीको लागि आवश्य वातावरण तयार गरिसकेको वताउँदै नेपालमा लगानी भित्राउन गैरआवासीय नेपालीहरुलाई आग्रह गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली कार्यवाहक राजदुत शरदराज आरणले नेपालको विकासको लागि विदेशमा रहेका नेपालीहरुको उल्लेख भूमिका हुने भन्दै नेपालको व्यापार प्रर्वद्धन र लगानीको लागि आग्रह गरे। उनले नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबै लाग्नु पर्ने सुनाएका थिए।

नेपाली मेलामा करिब तीन दर्जन संघसँस्थाले उनीहरुका आ–आफनो भेष, भुषा, रीतिरिवाज र संस्कृति झाँकीहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजगं गुरुङले नेपाली कला संस्कृति, भाषा र परम्परा संरक्षण गर्ने परिकल्पना सहित नेपाली मेलाको आयोजना गरिएको बताए। उनले नेपाली मेला वेलायतस्थित सबै नेपाली समुदायको भएको बताउँदै सहभागी सबैलाई धन्यवाद थिए। मेलामा प्रस्तुत बिभिन्न झाँकीहरु मध्येबाट सिक्लेस पर्चे समाज युके, घान्द्रुक समाज युके, चार भन्ज्यागं समाज युके, रेडिगं तमु समाज, इष्ट लण्डन तमुधिं लगायतका संघसँस्था प्रतियोगितमा पुरस्कुत भएका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App