१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा कार्यालयमा बम विस्फोट

रोल्पा - रोल्पामा गएराति अज्ञात समुहले परिर्वतन गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयमा आगजनीको गरेको छ । वडा कार्यालयमामा बिष्फोटक पदार्थ पड्काइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त समुहले घरको चारवटा ढोकामा जुटको बोरा ओच्छाएर डिजेल छर्काई आगो समेत लगाएको छ । आगलागी भएपछि समय मै स्थानीयले थाहा पाएर आगो नियन्त्रणमा लिएका थिए ।

स्थानीयको सकृयतामा वडा कार्यालयमा क्षति भने भएन । वडाध्यक्ष हरिप्रशाद बुढाले घटनाको निन्दा गर्दै विज्ञप्ति निकालेका छन । स्थानीय नरबहादुर डागीले भने,'गाउँलेहरु चट्याङ परेर आगो लागेको भन्दै निभाउन जानु भएको रहेछ । तर चट्याङ नभएर बम पड्काइएको भेटियाे।'

प्रहरी प्रमुख दिपक खड्काका अनुसार तर्साउनलाई अज्ञात समुहले  बम पड्काएका हुन् आगजगी गर्नेको खोजीकाे साथै घटनाकाे अनुसन्धान भइरहेको उनले जनाकारी दिए ।  अज्ञात समुह भनिए पनि नेत्र विक्रम चन्द (विप्लव) समुहले घटना गराएको प्रहरीको अनुमान छ ।

 

 

प्रकाशित: ९ भाद्र २०७६ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App