१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

स्वाती सदनलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

काठमाडौं– राजधानीको बालाजुस्थित स्वाती सदन इ.बो.मा. विद्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा ब्रिटिस काउन्सिलद्धारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको छ।

देशभरिबाट ४१ विद्यालयले सो पुरस्कार जित्न सफल भएका छन्। सन् २०१२ मा सुरु भएको अन्तर्राष्ट्रिय स्कुल अवार्डलाई सामान्य पुरस्कार भन्दा महत्वपूर्ण मानिन्छ।

ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लासरुम थु्र ग्लोबल लर्निङ कार्यक्रमअन्तर्गत रहेर स्वाती सदनका विद्यार्थीले एसिया, अफ्रिका र युरोपभित्रका १८ देशका विद्यालय एवम् विद्यार्थीसँग शिक्षण–सिकाई प्रक्रिया आदानप्रदान गरेका थिए। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रमभित्र रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यालयसँग सहकार्य गर्दै विद्यार्थीहरुलाई यस कार्यक्रमले विश्वव्यापी क्षेत्रमा एक अर्काबाट सिक्ने मन्च प्रदान गर्दै आएको छ।

अन्तर्राष्ट्रिय स्कुल पुरस्कार पाएपछि स्वाती सदनका प्रधानाध्यापक मदनबाबु दवाडी तथा सहायक प्रधानाध्यापक एवम् आइ.एस.ए को–अर्डिनेटर राजेन्द्र कुमार शर्माले खुसी व्यक्त गर्दै अझ विद्यालयलाई स्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ९ भाद्र २०७६ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App