१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दर्ताबिनै पसल व्यवसाय सञ्चालन

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा दर्ता नगरी पसल व्यवसाय सञ्चालन भइरहेको पाइएको छ। नगरपालिकाले गठन गरेको बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा दिक्तेलको अस्पतालचोकबाट आचार्य गाउँ जाने सडक आसपासका अधिकांश पसल बिनादर्ता सञ्चालन गरिरहेको पाइएको हो।

बिहीबार गरिएको अनुगमनका क्रममा १५ पसलमध्ये सातवटा पसल तथा व्यवसाय नगरपालिका र घरेलुमा दर्ता नगरी सञ्चालन भइरहेको पाइएको अनुगमन टोलीका संयोजक सीताराम खतिवडाले बताए।

प्रकाशित: ९ भाद्र २०७६ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App