१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कुप्रथाको विरुद्धमा उभिए किशाेरी

जुम्ला - जुम्लाको सिँजा गाउँपालिकाका किशोरीहरु जिल्लामा रहेको कुप्रथाको विरुद्धमा उभिएका छन्। गाउँपालिका भित्र रहेका विभिन्न कुप्रथालाई न्यूनिकरण गर्ने उनिहरुले आवाज उठाउन थालेका छन्।

आफुले भोगेका भोगाइहरुलाई प्रतिभाको माध्यबाट प्रस्तुत गर्न थालेका हुन्। गाउँपालिका २५ जना किशोरीले  महिलाहरुले भोगेका समस्या,कलाको माध्यबाट प्रस्तुत गरेका छन्। साथै महिलालाई महिनावारी भएको बेला भोग्नु गर्ने समस्या अनि घरपरिवारबाट हुने विभेदको वेदना समेत एक गोष्ठि कार्यक्रममा सुनाएका थिए।

पुरुषप्रधान देशमा महिलालाई हेर्ने नजर नै फरक रहेको उनिहरुको भनाइ  थियो।  यतिमात्र होइन्।कार्यक्रममा सहभागी एक किशोरीले महिनावारी भएको बेला जन्मदिने आमाबुबाले समेत माया नगर्ने हेला गर्ने गरेको दुखेसाे सुनाइन्। 'घरबाट टाढाको गोठमा बस्नु पर्छ ।कति बेला के हुन्छ। थाहाँ छैन् ।बाघ सर्पको डरले महिनावारी भएको बेला नसुत्यरै रात काट्नु पर्ने बाध्यता रहेको उनले बताइन्।

साथै जिल्ला बालविवाह गर्ने चलन प्रवल रहेको छ। १२–१५ वर्षमै विवाह गर्ने प्रथा धेरै छ ।यसलाई समयमै रोक्न नसके ठुलो दुर्घटना हुने उनिहरुको भनाइ थियो। प्लान इन्टरनेश्नल नेपालको सहयोग र सिद्धार्थ फाउण्डेशनको आयोजनामा भएको कला कार्यशाला गोष्ठिमा सिँजाका २५ जना किशोरीले सिँजामा रहेको कुप्रथालाई तत्काल रोक्नु पर्ने भन्दै गीतको माध्यमबाट ध्यानाकर्ष गराएका थिए।

प्रकाशित: ८ भाद्र २०७६ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App