१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सरसफाइमा कराँते खेलाडी

सरसफाईमा कराते प्रशिक्षक सहित खेलाडीहरु। तस्बिरः नागरिक

भैरहवा– सधै खेल खेल्न, प्रतियोगितामा भाग लिन तथा प्रशिक्षणमा व्यस्त हुने खेलाडीहरु सडकमा सरसफाई तथा बृक्षरोपणमा देखिएका छन्। जापान गोजुरियो कराते डो मिसन संघ, रुपन्देहीमा आवद्ध प्रशिक्षक, खेलाडी तथा मिसन संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भैरहवाका सडक सफाईमा लागेका हुन्।
सिद्धार्थनगर वडा नं ८ स्थित नेपाल विधुत प्राधिकरण भैरहवा वितरण कार्यालय देखि रिलायन्स पेट्रोल पम्प सम्म रोपिएका २०० भन्दा बढि वृक्षहरु गोडमेल र स्याहार सुसार गरेका हुन्।

केही महिना पहिले उक्त क्षेत्रमा विरुवा रोपिएको भएता पनि तिनको गोडमेल र संरक्षण नभएपछि खेलाडीहरुले सरसफाई तथा गोडमेल गरेको सिद्धार्थनगर वडा नं ८ का वडा सदस्य तथा कराते मिसन संघका रुपन्देही जिल्ला अध्यक्ष उमेश थापाले बताए।

खेलाडीको काम खेल खेल्नुका अतिरीक्त विभिन्न सामाजिक गतिबीधि पनी गर्ने हुदां खेलाडी तथा प्रशिक्षक मिलेर विरुवाको गोडमेल गरिएको मिसन संघका मुख्य प्रशिक्षक काजि रानाले बताए।

खेलाडीहरुले गरेको कार्य प्रशंसनीय भएको  नेपाल विधुत प्राधिकरण भैरहवा कार्यालयका प्रमुख उमेश झाले बताए।सो अवसरमा मनमोहनपथ उपभोक्ता समितिका सचिव दुर्गा काफ्लेले बिरुवा रोपेर फोटो खिचाउने अनि मलजल रेखदेख केहि नगर्ने प्रवृत्ति भएकोले यस्तो गोड्मेल कार्यक्रम गर्नु आफैमा स्रहानिय भएको बताए। खेलाडीको प्रशंसा गर्दै स्थानियहरु विष्णु पौडेल, हरि आचार्य, यादव सापकोटा, नाथु सहानी लगायतले हुलहालमा आएर विरुवा रोप्ने अनि फोटो खिच्नेहरु आफुले रोपेको विरुवा कस्तो भयो भनेर एक पटक पनि फर्केर नआएकोमा दुखः व्यक्त गरे।उक्त कार्यक्रममा प्रशिक्षक सहित ४५ जना कराते खेलाडीहरुको सहभागी रहेको थियो।

सरसफाईमा कराते प्रशिक्षक सहित खेलाडीहरु। तस्बिरः नागरिक
सरसफाईमा कराते प्रशिक्षक सहित खेलाडीहरु। तस्बिरः नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App