१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एनआरएनएका अध्यक्ष भट्ट विमानबाट फर्काइए

काठमाडौं - सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइका छन्।मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा एनआरएनका अध्यक्ष भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतार्दै फर्काएको हो।

सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनी विमानमा बसिसकेको अवस्थामा उडानदलले  फर्काएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सोतर्फ जान लागेका आफूहरुलाई सिल्क एयरलाइन्सले अभद्र व्यवहार गरेको न्याैपानेको आरोप छ।

विमानबाट निकालिएपछि भट्टको साथमा सिंगापुर उड्न लागेका न्यौपानेले आफ्नो कारणले डिपोर्ट गरेको भनेर समाचार आएको भन्दै फेसबुक लाइभमार्फत आपत्ति व्यक्त गरेका छन्। उनले फेसबुकमा आफ्नो भनाइको लाइभ गरेका हुन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ जोडिएका उनले भने, 'दिनभर सँगै रहेका हामी प्रधानममन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जाने तय गर्‍यौं र फ्लाइट बुक गरेका थियौं। साथमा त्यहाँ बिजनेस गर्ने बारेको केही मिटिङ समेत थियो,' उनले भने, 'तर, हामीलाई सिल्क एयरलाइन्सबाट अभद्र व्यवहार गरियो। विमानमा बसिरहेको अवस्थामा हामीलाई निकालियो।'

उड्ने तयारीमा रहेको उक्त एयरलाइन्सको विमानमा मदिरा सेवन गरेर हो-हल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यवहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल स्रोतले जनाएको छ।

 

प्रकाशित: ८ भाद्र २०७६ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App