१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘इरिक्सनको भविष्य अझै अन्योल’

लन्डन – इङ्लिस प्रिमियर लिगमा सरुवा बजार बन्द भए पनि युरोपकै अन्य शीर्ष लिगमा सरुवा बजार खुला रहेको भन्दै टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने क्रिस्टियन इरिक्सनको क्लब भविष्यबारे अझै अन्योल कायम रहेको बताएका छन्।

इरिक्सन र टोटेनह्यामबीचको सम्झौता यसै सिजनपछि सकिँदै छ। इरिक्सनले यसै सिजन सुरु हुनुअघि आफू प्रिमियर लिगभन्दा पनि अन्य लिगको चुनौती सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए।

इरिक्सनका लागि म्यानचेस्टर युनाइटेडले गरेको अनुबन्धन प्रस्ताव टोटेनह्यामले रद्द गरेको थियो। स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, बुन्डेसलिगा र फ्रेन्च लिग वानमा सेप्टेम्बर २ सम्म सरुवा बजार खुला रहको छ। तर इरिक्सन तत्काल अन्य क्लबमा अनुबन्धित भइहाल्ने सम्भावना भने अत्यन्तै न्यून छ।

पोचेटिनोले भने इरिक्सनले क्लब छोड्ने मनस्थिति बनाइसकेकाले उनका लागि राम्रो प्रस्ताव आएको खण्डमा सोच्न सकिने बताएका हुन्। ‘पक्कै पनि यो राम्रो वातावरण होइन,’ लिगको तेस्रो खेलमा आइतबार न्युक्यासल युनाइटेडको सामना गर्ने तयारीमा रहेको टोटेनह्यामका प्रशिक्षक पोचेटिनोले भने, ‘मेरो सोचाइ के छ भन्दा पनि क्लबले उनको बारेमा के सोचिरहेको छ भन्ने कुराले धेरै अर्थ राख्छ। यो खेलाडी र क्लब दुवैका लागि कठिन समय हो।’
 

प्रकाशित: ८ भाद्र २०७६ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App