१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला अस्पतालमा सुत्केरीको ज्यान गयो

बाजुरा– जिल्ला अस्पताल बाजुरामा सुत्केरी महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका ७ जिल्ली घर भएकी २१ वर्षकी बसन्ती नेपाली रहेकी छन्। नेपालीको पेटमै मृत्यु भइसकेको बच्चा जन्माएको करिब दुई घण्टा पछि अस्पतालको शय्यामा ज्यान गएको हो। 

बच्चा खेल्ने भागको पानी फोक्सोमा पुगेको र रगतसँगै पानी नशामा मिसिएर एकाएक ज्यान गएको जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर टीका राईले बताएका छन्। सुत्केरी गराउन डाक्टर राईसहितको टोली खटिएको थियो। 

रगतको मात्र निकै कम थियो। सातादिन अघिदेखि नै बच्चा पेटमै मरिसकेकोले रगत लगातार बगिरहेको भए पनि नेपालीले कसैलाई जानकारी नगराउँदा अन्तिममा ज्यान गएको जिल्ला अस्पतालका सूचना अधिकारी कुलबहादुर रावलले बताए। नेपालीलाई साउन २६ गते जिल्ला अस्पताल आउन स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए। 

नेपाली भदौ २ गते मात्र अस्पतालको सम्पर्कमा आएकी थिइन्। २ गते पनि भर्ना हुन गरिएको स्वास्थ्यकर्मीको अनुरोधलाई नमानेर उनी घर गएको बुझिएको छ। निकै गाह्रो अवस्था आएपछि मात्र शुक्रबार साँझ जिल्ला अस्पताल आएकी हुन्। उनी अस्पताल आउँदा अवस्था अन्तिममा पुगिसकेको जिल्ला अस्पतालले बताएको छ।

बच्चा पेटमै मरिसकेकोले सुरुमा बच्चा निकाल्ने प्रयास गर्दा विहान ७ बजे सम्भव भयो। रगतको मात्रा पनि निकै कम भईसकेकोेले व्यवस्था गर्दागर्दै मृत्यु भएको हो। रगत चढाउने समय नपुग्दै मृत्यु भएको अस्पतालले बताएको छ। 

नेपालीले यो दोस्रो बच्चा जन्माएकी थिइन्। कलिलै उमेरमा विहे गरेकी नेपालीका श्रीमान कृष्ण नेपाली रोजगारीको सिलसिलामा कुवेतमा छन्। अन्तिम अवस्थामा आफन्तले सुत्केरी गराउन आएकोले बचाउन नसकिएको चिकित्सकले बताएका छन्। 

सुत्केरी गराउन विशेषज्ञ डाक्टर दुर्गा महर्जन, डाक्टर टिका राईसहित खटिएका थिए। अप्रेशन गराएर सुत्केरी गराउने सुविधा भएर पनि अन्तिम अवस्थामा गर्न नसकिएको अस्पतालले बताएको छ। 

स्वयम व्यक्तिले गरेको वेवास्ताले त्यो अवस्था निम्त्याएको अस्पतालको भनाई छ । ६ महिनामा जाँच गराउँदा ११ प्याइन्ट रगत रहेकोमा ९ महिनामा जाँच गराउँदा मात्र ६ प्याइन्ट मात्र देखिएकोले समयमै आउन अस्पतालल सुझाव दिएको थियो।

समस्या रुपमा लिएको आफन्तहरुलाई नभनेकै कारण ठूलो समस्या आईलागेको आफन्तले स्वीकार गरेका छन् । कम उमेरमा विहे गर्दा पनि बच्चा पाउने समयमा धेरैको समस्या हुने गरेको चिकित्सकहरुले बताउने गरेका छन् । नेपालीको जिल्ला अस्पतालमा पोष्टमार्टम सहित शव आफन्तलाई जिम्मा लगाईने प्रहरीले बताएको छ । 

समय निकै कम भएरको प्रदेश सरकारसँगको सहकार्यमा आकस्मीक उद्दार पनि गर्न नसकिएको बताईएको छ । प्रदेश सरकारले दुर्गमका सुत्केरीको हवाई सेवा मार्फत उद्दार सुविधा दिने गरेको छ । जिल्ला सदरमुकाम नजिकैको गाउँ भएर पनि सचेतना कमीकै कारण यस्ता घटनाहरु हुने बारम्बार दोहोरिने गरेका छन् ।

प्रकाशित: ७ भाद्र २०७६ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App