१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

बोनम प्रतापलाई साताको साहित्य पुरस्कार

अष्ट्रेलिया– यस वर्षको साताको साहित्य पुरस्कार कवि बोनम प्रतापलाई दिने घोषणा गगरिएको छ। साताको साहित्य डटकमले आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पाठक प्रतिक्रिया र साताको साहित्यको छनौटका आधारमा केही समयअघि साताको साहित्यले हरेक वर्षझैँ तीन उत्कृष्ट रचानाहरू सार्बजनिक गरको थियो।

दुई उत्कृष्ट रचनाका रुपमा कवि जीवन खत्रीको कविता ‘एउटा खस्रो चित्र’ र गजलकार कमल संघर्षको गजल छानिएका थिए। तत्पश्चात चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाको रुपमा बोनम प्रतापको रचनालाई बहुमतको आधारमा चयन गरेको हो। निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, ऋषि आचार्य (सम्पादक—नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक—नेपाली टाइम्स अष्ट्रेलिया) र निष्प्रभ सजी (सम्पादक—साताको साहित्य) रहेका थिए ।

‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनीय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले हरेक बर्ष आफ्नो वेभसाइटमा  अगष्ट २०१५ देखि जुलाई २०१६ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र निर्णायकहरूको निर्णयको आधारमा पुरस्कृत रचनाको छनोट गरेको जनाएको छ। यसअघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास र नवराज पराजुलीका रचनाहरूलाई प्रदान गरिएको थियो । प्रताप यो पुरस्कार पाउने पाँचौ लेखक हुन्।

प्रकाशित: २९ कार्तिक २०७३ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App