१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाथीभरा गोल्डकप: एलाभेन एरोज सुनसरीकाे पाेल्टामा उपाधि

ताप्लेजुङ– गत भदौ ३० गतेबाट ताप्लेजुङको फुङ्लिङमा भएको चौंथो संस्करणको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लव सुनसरीले जितेको छ। गतवर्षको डिफेण्डिङ् च्याम्पियन झापाको रेडस्टार क्लबलाई ट्राईबेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो। 

जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १ सय ११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदीका साथ ३ तोला सुन लेपन भएको ट्रफी हात पारेको छ। उपबिजेता रेडस्टार नगद १ लाख ५१ हजार १११ रुपैंयामा सिमित भयो। बिजेता तथा उपबिजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अथिति संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले पुरस्कार तथा प्रमाण–पत्र बितरण गरे। निर्धारित ९० मिनेटमा दुबै टिमले २–२ को बराबरी खेलेपछि खेल ट्राईबेरतर्फ धकेलिएको थियो।

ट्राईबेकरमा रेडस्टारका खेलाडी योगेश गुरुङ र विकास थुलुङका प्रहारले गोलको दिसा लिन सकेन। पुजन उपरकोटी र निसान लिम्बूका प्रहार गोलमा परिणत भएका थिए। एलाभेन एरोजकातर्फबाट रुपेश केसी, जीवन धामी,बिष्णु सुनुवार र उमेश कार्कीले प्रहार गोलमा परिणत भएसँगै उसले उपाधि जित्यो। 

पहिलो हाफ गोल रहित बराबरी खेलेका एलाभेन एरोज र रेडस्टार बीचको उपाधि भिडन्तमा रेडस्टारले सुरुआती अग्रता लिएको थियो। खेलको ६१ औं मिनेटमा योगेश गुरुङले गोल गर्दै आफ्नो टिमलाई १–० को स्थितिमा पुर्याएका थिए। कर्नर प्रहारलाई उनले सिधै गोलमा परिणत गर्दै दिलाएको सुरुआती अग्रता खेलको ७५ औं मिनेटमा बराबरीमा पुग्यो। एलाभेन एरोज सुनसरीका यानिक ओनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। खेल अवधिभर ४ गोल गरेका उनी सर्वाधिक गोलकर्ताको उपाधि समेत जित्न सफल भए।

खेलको ८७ औं मिनेटमा रेडस्टारका लागि मिलन राईले गोलगर्दै टिमको अग्रता दोब्बर पारे। उनको गोलसंगै खेल तनावपूर्ण बन्यो। एलाभेन एरोजका यानिक र एक्वेम सहितका खेलाडीले यसलाई गोलमा मान्यता नदिन रेफ्री श्याम दनुवारसंग अपिल गरे। तर दनुवार आफ्नो निर्णयबाट पछि हटेनन्। हारको नजिक पुगेको एलाभेन एरोजका लागि ईञ्जुरी समयको ४ मिनेटमा समन राईले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याउँदा दर्शकको हुटिङले सुनसरीको मन जित्यो।

दुबै टिमले बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट लिईयो। दाउफिन्स क्लव क्यामरुनका प्रिसो येभ्सको गोेलकिपर रहेको सुनसरी टिममा क्यामरुनका यानिक ओना र एक्वेम बारथेमेली सहित थ्रीस्टारबाट खेल्ने बिष्णु सुनुवार र रुपेश केसी,एनआरटीबाट खेल्ने जीवन धामी,मनाङ मस्र्याङ्दीबाट खेल्ने प्रबेश दनुवार र सरस्वती क्लवबाट खेल्ने तीर्थ बस्नेत सहितका खेलाडी थिए। रेडस्टारमा भने नेपाल आर्मीका बिवस चौधरी गोलरक्षक सहित हिमालयन् शेर्पा क्लवका दिवस उराउ,झापा ११ का पुजन उपरकोटी,खामिरगिल्सन कन्दङ्वा,योगेश गुरुङ,निसान लिम्बू र निरज बस्नेत तथा एनआरटीका कर्ण लिम्बू सहितका खेलाडी थिए।

प्रकाशित: ६ भाद्र २०७६ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App