खाजा रकमबाट क्यान्सर पीडितलाई सहयोग

बिहिबार, ०५ भदौ २०७६, १७ : ५३ नागरिक

काठमाडौँ- एक विद्यालयमा अध्ययनरत छात्र/छात्राले अर्को विद्यालयमा अध्ययनरत छात्र÷छात्रालाई आइपरेका समस्या समाधान गर्न गरेका प्रयास उदाहरणीय बनेको छन्। गौरीशङ्कर इङ्लिस बोर्डिङ विद्यालय बालकुमारी इमाडोलमा कक्षा १० मा अध्यययनरत छात्र/छात्राले सागर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रलाई गरेको सहयोग अरुका लागि अनुकरणीय बनेको छ।

गौरीशङ्करका छात्र÷छात्राले आफ्ना खाजा खर्च कटाई एवं अभिभावकसित सङ्कलन भएको एक लाख १८ हजार ५ सय ४० रुपैयाँ स्वर्णीम सागर माविका कक्षा १० मा अध्ययरत नवाङ मोक्तानलाई सहयोग गरेका छन्।

रक्त क्यान्सरबाट पीडित मोक्तानलाई आर्थिक अभावमा उपचार गर्न समस्या परेको नवाङका आमा कविता मोक्तानले जानकारी दिए। उनले भने, “उपचार गर्न पैसा छैन, यो सहयोग मेरो बाबुका लागि अमूल्य हुनेछ।” सङ्कलित रकम पूर्वशिक्षा सचिव जनार्दन नेपाललले आज आयोजित कार्यक्रममा कविता मोक्तानलाई हस्तान्तरण गरेका छन्।

सो अवसरमा गौरीशङ्कर विद्यालयका प्रिन्सिपल लालकुमारी विष्ट, शैक्षिक संयोजक उमेश पौडेल तथा प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले सानो सहयोगले अकालमा ज्यान जानबाट जोगाउन आफ्ना छात्र/छात्राले गरेका सहयोगको सराहना गर्दै समय समयमा बिरामीका लागि सहयोग जुटाइरहेको जानकारी दिए।

पूर्वसचिव नेपालले मानताका सहयोगी मन र उदार हात हुनुपर्छ भन्ने कुरा छात्र/छात्राले रकम सङ्कलन गरी नयाँ उदाहरण दिएको बताए।रासस     
 

 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad