१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री सिंगापुर जादैँ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो। ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर जाँदैछन्।

मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन, भिडियो कन्फ्रेन्समाफर्त बैठक सञ्चालन गर्न सकिने

मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गर्दै प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतम मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन थियो। प्रधानमन्त्री विदेश भएका बेला तत्काल कुनै निर्णय लिनुपरेमा कार्यवाहक प्रधानमन्त्रीले नै मन्त्रिपरिषद्को बैठक राख्ने प्रचलन थियो। तर, बैठक सञ्चालन कार्यसञ्चालन विधि संशोधनपछि प्रधानमन्त्रीले देश बाहिरबाट पनि मन्त्रिपरिषद् बैठक गरेर आवश्यक निर्णय लिनसक्ने बाटो खुलेको छ।

यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा करिब एक साता उपचार गराएर साउन २७ गते फर्किएका थिए। यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको छ। औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित: ५ भाद्र २०७६ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App