१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोग लागेका खसीबोका नेपाल ल्याउन दिन्नौंः मन्त्री खनाल

फाइल तस्बिर

काठमाडौं - कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन्। बुधबार काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका हुन्।

नेपाल विश्व ब्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोको आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने बताए। मन्त्री खनालले संसार भरिका रोग हुल्ने गरी नेपालमा स्वस्थ परिक्षण नगरी खसीबोका ल्याउन नदिने बताए।

कार्यक्रममा मन्त्रि खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायिले घेराबन्दी गर्न खोजेको बताए। व्यवसायीहरुले आनौपचारिक रुपमा दशैमा त देख्लास भनेर धम्की दिएको बताए। मन्त्री खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै  उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने बताए।

प्रकाशित: ४ भाद्र २०७६ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App