प्रतिष्ठानमा अक्सिजनको अभाव

बुधबार, ०४ भदौ २०७६, १२ : ४३ नागरिक

धरान - यहाँस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजनको अभाव भएको छ। प्रतिष्ठानको एक हजार ६०० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट बिग्रिएर काम नगरेपछि अक्सिजन अभाव भएको हो। बाहिरबाट सिलिण्डर किनेर ल्याइँदै आए पनि पर्याप्त नआएपछि अभाव भएको चिकित्सकले बताएका छन्।     
     
अक्सिजन निर्यात गर्दै आएको कम्पनीले पर्याप्त निर्यात गर्न छाडेपछि आकस्मिककक्ष र बिरामी उपचार गर्न राख्ने वाडमा अक्सिन अभाव भएको चिकित्सकले जानकारी दिए। प्रतिष्ठानको प्लान्ट बिग्रिएपछि दुर्गा प्लान्ट दुहवीबाट निर्यात गरिँदै आएको थियो। उसले पनि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेपछि अभाव भएको बताइएको छ।     
     
प्रतिष्ठानले दैनिक ६० हजारदेखि ८० हजार रुपैयाँको व्ययभार हुने गरी सिलिण्डर खरीद गर्दै आए पनि पछिल्लो समय सिलिण्डर पर्याप्त नआएको एक चिकित्सकले बताए। प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले प्रतिष्ठानको अक्सिजन प्लान्टले लामो समयदेखि काम नगरेका कारण सिलिण्डर किन्दै आएको बताएका छन्। उनले दई साताभित्र मर्मत गरी उत्पादन शुरु गरिने पनि बताए। प्रतिष्ठानलाई प्रतिमिनेट ८ सय लिटर अक्सिजन आवश्यक पर्ने गर्छ।रासस        

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad