१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाजुरामा १० केजी चरेस सहीत २ पक्राउ

कृष्ण ओली

बाजुरा- नौ केजी नौ सय ग्राम चरेस सहीत पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। मार्तडी स्थित दुनी हाट बजारबाट बरामद गरिएको चरेस सहीत कारोवारमा संलग्न दुई जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रहरीले चरेस कारोबारमा संलग्न दार्चुला सितोला–८ बस्ने २८ वर्षका केशव धामी र बाजुरा दहकोट–२ पाते बस्ने ३६ वर्षका राजेन्द्र बोहरालाई सार्वजनिक गरेको हो। उनीहरुले शनिबार राती बजार गस्तीमा रहेको प्रहरी टोलीले १० बजेतिर पक्राउ गरेको प्रहरी निरीक्षक हरिहर सुनारले बताए।

सुरुमा प्रहरीले जिल्ला बाहिर पठाउने तयारीका साथ झोलामा प्याक गरेर हिँडीरहेको अवस्था राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो। बोहराकै बयानका आधारमा मुख्य ठेकेदार केशव धामीलाई बानीया होटलबाट पक्राउ गरेको थियो।

कृष्ण बाँनीया सञ्चालक रहेको बाँनीया होटलको भुइ तला स्थित कोठा नम्बर १ बाट सुतिरहेको अवस्थामा धामीलाई राती ११ बजेपछि पक्राउ परेको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक हरिहर सुनारले बताए । उनीहरुबाट चरेस तौलन प्रयोग हुने काठो सहीत विभिन्न तौलका ६ वटा ढक र १ वटा टेम समेत बरामत गरेको छ ।

प्रहरीले दशक यताकै ठूलो मात्रामा चरेस कारोवारलाई पक्राउ गर्न सफल भएको बताएको छ । पक्राउ परेका राजेन्द्र रोकायाले १५ हजार पाउने गरी घरमा राख्ने र समय अनुकुल मिलाएर जिल्ला बाहिर पठाउने जिम्मा लिएको खुल्मा आएको छ । भने केशव धामीले गाउँमा गएर खदिर देखि नियमित कारोबार गर्ने गरेको प्रहरीले जानकारी दिएको छ।

बिगत एक वर्षदेखि बाजुरामा बस्दै आएका धामी सुतेकै कोठाबाट करिब १५ लाख बराबरको २ क्वीन्टल ८ सय ग्राम ट्यूवलाईट च्याउ पनि बरामत गरेको छ । च्याउ वैध अवैध बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । चरेस कोल्टी गाविसको चोलु, टाणी, भुलेनाबाट खरिद गरेको बयानका आधारमा बुझ्नमा आएको छ।

गाउँमा खरिद गर्ने संलग्न र विक्री गर्ने थप तीन जनालाई समेत नियन्त्रणमा लिईसकेको प्रहरीले जानकारी दिएको छ । नेपालबाट बाहिर पठाउने व्यक्तिको पनि खोजी भईरहेको छ, अनुसन्धान पछि सार्वजनिक गर्ने प्रहरी निरीक्षक सुनारले भने । अनुसन्धान म्याद ९० दिनको हुन्छ, चरेस उत्पादन गर्ने देखि विक्री गर्ने र सेवन गर्ने सम्मलाई कारवाही हुने सक्ने सुनारले बताए।

प्रहरीले पक्राउ परेका दुबै जना विगत देखिनै चरेस व्यापारमा लागेको हुन सक्ने आशंका गरेको छ । लामो समयदेखि बाजुरामै बस्ने र गाउँ गाउँमा सञ्जाल बनाउनुले यो पुरै योजना र बिगत देखिकै अभ्यासले मात्र संभव भएको प्रहरीको बुझाई छ। प्रहरीले यसै घटनाबाट अन्तराष्ट्रिय गिरोह समेत फेला पर्ने अनुमान गरेको छ।

बरामत गरिएको चरेस प्रतिकेजी १४ हजार ५ सयका दरले खरिद गरेको बताइएको छ। उक्त चरेस करिब डेढ लाख बढी मूल्यको रहेको छ। अवैध कारोबार गरेकोले पैसासँग जोड्न नमिल्ने प्रहरीले बतायो।

प्रकाशित: २८ कार्तिक २०७३ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App