१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड बास्केटबलमा ५२ टिम

काठमाडौं – चौथौ क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ। ग्रिनल्यान्डस्थित आफ्नै विद्यालयमा आयोजक ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।

लिग कम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समूहमा ५२ टिमको सहभागिता रहेको छ। जुनियर छात्रमा २४ टोली, सिनियर छात्रातर्फ १२ टोली र सिनियर छात्रमा १६ टिम सहभागी रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी गराए। जुनियर ब्वाइजमा भने कक्षा ८ सम्म अध्ययन गर्ने र ४ फिट १० इन्च सम्मको उचाइ भएकाले मात्र सहभागिता जनाउन पाउने न्यौपानेले बताए। क्विक्स चिजबल प्रमुख प्रायोजकका रूपमा सहभागी हँुदै आएको छ। नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा प्रतियोगितामा कुल ८१ खेल सञ्चालन हुनेछन्।

भाद्र १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट ३ लाख रुपियाँ रहेको आयोजकले जनाएको छ। गत संस्करण सिनियर छात्र र सिनियर छात्रातर्पm च्याम्पियन आयोजक ग्रिनल्यान्ड स्कुल हो। जुनियरतर्फको उपाधि भने लालीगुराँस स्कुलले हात पारेको थियो। विजेताले ट्रफी पाउनेछन्।

प्रकाशित: ४ भाद्र २०७६ ०५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App