१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

नयाँ दिल्ली – भारतको दोस्रो चन्द्र अन्वेषण अभियान ‘चन्द्रयान–२’ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ।

इस्रोका अनुसार मंगलबार बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो। प्रक्षेपण गरिएको झन्डै एक महिनापछि चन्द्रयान–२ चन्द्रमाको कक्षमा प्रवेश गरेको अधिकारीहरुले बताएका छन्। चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करीब १०० किलोमिटर टाढा रहेको छ। इस्रोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया सुरु हुने जनाएको छ।

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस अभियानलाई ‘ऐतिहासिक यात्रामा यो अत्यन्तै महत्वपूर्ण कदम भएको’ प्रतिक्रिया दिएका छन्।

इस्रोद्वारा जारी विज्ञप्तिअनुसार आउँदो सेप्टेम्बर ७ का दिन चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ। चन्द्रयान–२ को अवस्था र गुणस्तर राम्रो भएकाले अवतरण सफल हुने इस्रोले जनाएको छ। यो यान गत जुलाई २२ का दिन पृथ्वीबाट प्रक्षेपण गरिएको थियो। चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस अभियानलाई ‘ऐतिहासिक यात्रामा यो अत्यन्तै महत्वपूर्ण कदम भएको’ प्रतिक्रिया दिएका छन्।

उता, इस्रोका प्रमुख के सिभनले निर्धारित सेप्टेम्बर ७ कै दिन चन्द्रयान–२ ले चन्द्रमाको सतहमा पाइला टेक्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताएका छन्। ‘मानवीय हिसाबले सम्भावित सबै काम हामीले गरेका छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए।

आजसम्म कसैले पाइला नटेकेको चन्द्रमाको दक्षिणी क्षेत्रमा चन्द्रयान–२ अवतरण गर्नेछ। चन्द्रयानमा अर्बिटर, ल्यान्डर र रोभर रहेका छन्। चन्द्रमाको सतहमा भारतीय यान पहिलो पटक अवतरण गर्न लागेको हो। यदि चन्द्रयान–२ चन्द्रमाको सतहमा अवतरण ग¥यो भने चन्द्र यान सतहमा पु¥याउने पुग्ने भारत विश्वकै चौथो राष्ट्र बन्नेछ। यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यानहरु ओरालिसकेका छन्।

चन्द्रयान–२ जुलाई २२ का दिन श्रीहरिकोटा अन्तरिक्ष स्टेसनबाट प्रक्षेपण गरिएको थियो। त्यसअघि निर्धारित समयमा केही प्राविधिक समस्या आएको भन्दै चन्द्रयान–२ प्रक्षेपणको कार्यलाई रोकिएको थियो। भारतले यस अभियानअन्तर्गत करिब १४ करोड अमेरिकी डलर खर्च हुने बताएको छ। यसले तीन लाख ८४ हजार किलोमिटर यात्रा तय गर्ने पनि बताइएको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App