१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति प्रहरी कारबाहीमा मारिए

रियो दी जेनेरियो – ब्राजिलको दोस्रो ठूलो सहर रियो दी जनेरियोमा मंगलबार एक बन्दुकधारीले यात्रुवाहक बस बन्धक बनाएपछि सुरक्षा कारबाहीमा ती व्यक्तिको मृत्यु भएको छ।

बन्दुकधारी उक्त व्यक्तिले बस यात्रा गरिरहेका १६ जनालाई तीन घण्टासम्म बन्धक बनाएको थियो। एकजना निसानेबाजले बस अपहरणकर्तालाई गोली हानी मारिदिएपछि बन्धक बनाइएका सबै  व्यक्ति रिहा भएको प्रहरीले गरेको एउटा ट्विट उद्धृत गर्दै बिबिसीले जनाएको छ। त्यसअघि प्रहरीले उक्त बसलाई घेरा हालेका थिए।

बन्दुकधारीले बसलाई बन्धक बनाए पनि छ जना यात्री भने अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका थिए। अपहरणकारीले रियो दी जेनेरियो र छिमेकी सहर नितेरो जोड्ने पुलमा बसलाई रोकेर राखेको थियो। उक्त घटनाका कारण रियो–नितेरो पुल भएर चल्ने अन्य यातायातका साधन पनि अवरूद्ध भएका थिए।

बन्दुकधारी उक्त व्यक्ति स्थानीय समयअनुसार विहान ५ः३० बजे बसमा चढेको केही समयमा यात्रुलाई आफूले बन्धक बनाएको भन्दै दायाँबायाँ नचल्न चेतावनी दिएको थियो। बन्धक बनाइएका कुनै पनि यात्रु घाइते नभएको प्रहरीले जनाएको छ। बन्दुकधारीले बोकेको बन्दुक पनि नक्कली भएको बताइएको छ।


        

 

प्रकाशित: ४ भाद्र २०७६ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App